काठमाडौं- तेश्रो लहरको कोरोना महामारीमा हटस्पट बनेको काठमाडौ उपत्यकामा बिहीबार ७ हजार संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ५ हजार १, ललितपुरमा ११ सय ३० र भक्तपुरमा ८ सय ५० गरी बिहीबार काठमाडौ उपत्यकामा मात्रै ६ हजार ९ सय ८१ जना संक्रमित थपिएका छन् ।
त्यस्तै, देशभरका १४ जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ५ सय नाघेको छ ।
उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरसंग मोरङ,सुनसरी ,झापा, धनुषा, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, बाँके, रुपन्देही र कैलाली जिल्ला ५ सयबढी सक्रिय संक्रमित छन् ।
सरकारले ५ सय भन्दा बढि संक्रमित भएका क्षेत्र तथा जिल्लालाई अत्यन्त जोखिमपूर्ण क्षेत्रका रुपमा तोक्ने गरेको र २ सय भन्दा बढि संख्यामा संक्रमित हुने जिल्लालाई जोखिमपूर्ण जिल्लाका रुपमा राख्ने गरेको मन्त्रालयले जनाएको छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
धुलिखेल - सफा पनि अनि मिठो पनि भए पछि कल्पना गरौं त बाँकी कति गजव होला ? हो, सफाइ अभियन्ता खेम शर्मा र मास्टर सेफ...
काठमाडौं– नेपालमा थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट देशभर ३ हजार ७८८ नमूनाको परीक्षण हुँदा...
दाङ - झाडापखालाबाट दाङको तुलसीपुरमा एक बालकको मृत्यु भएको छ भने चार जना बिरामी परेका छन् । मृत्यु हुनेमा उपमहानगरपालिका–११ उरहरि निवासी तिलक पुनका साढे दुई वर्षका...
काठमाडौँ - विश्व रेटिनोब्लास्टोमा सचेतना सप्ताह, २०२२ को सन्दर्भमा नेपाल पनि रेटिनोब्लास्टोमासम्बन्धी जनचेतना फैलाउने उद्देश्यले यही वैशाख २५ देखि ३१ गतेसम्म विभिन्न कार्यक्रम गरी सचेतना सप्ताह...
बेइजिङ - चीनको राष्ट्रिय स्वास्थ्य आयोगले सार्वजनिक गरेको नयाँ योजनाअनुसार सन् २०२५ सम्ममा देशमा ५५ लाख नर्सहरू हुनेछन्। सन् २०२५ सम्ममा प्रति हजार जनामा ३ दशमलव ८...