इलाम-सुकिलुम्बा विमानस्थल सञ्चालनमा आउने भएको छ ।
इलाम नगरपालिका र तारा एयर प्रालिबीच जहाज सञ्चालन सम्बन्धी सम्झौता भएसँगै अगामी फागुन ८ देखि प्रत्येक आइतबार उडान–अवतरण हुने निश्चित भएको हो ।
नगरपालिकाले १२ उडानका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । १६ यात्रु क्षमता सिट क्षमताको जहाज एकतर्फी भाडा रु आठ हजार ७०० तोकिएको छ । सम्झौताअनुसार ११÷११ जनाको आउने–जाने भाडा इलाम नगरपालिकाले नै तिर्नुपर्नेछ ।
नगरपालिकाले एकतर्फ भाडा तिरे दुइतर्फकै उड्नका लागि सहुलियत दिएको छ । नगर प्रमुख महेश बस्नेतले रु आठ हजार ७०० मा टिकट काटिएपछि आउने–जाने दुवैतर्फी टिकट यात्रुले पाउने जानकारी दिनुभयो । हाल तीन हप्ताका लागि सम्झौता भएको छ । कम्तीमा तीन महिना नियमित सञ्चालन गर्ने गरी सम्झौता भएको छ ।
सम्झौताअनुसार यस अवधिमा इन्धनको मूल्य फरक परेमा त्यहीअनुसार भाडा समायोजन गरिने सम्झौतापत्रमा उल्लेख छ । गत चैत अन्तिम साता नै विमानस्थल उडान–अवतरणका लागि तयार भएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पनि उडान–अवतरणका लागि विमानस्थल तयार भइसकेको छ ।
विमानस्थलको ६७० मिटर लम्बाइ र २० मिटर चौर्डाको धावनमार्ग कालोपत्रे भएको छ । विमानस्थल निर्माणका लागि अहिलेसम्म करिब रु २८ करोड खर्च भइसकेको प्राधिकरणले जनाएको छ । २०७५ जेठ २१ मा यो विमानस्थलमा परीक्षण उडान गरिएको थियो । विमानस्थल सञ्चालनपछि इलामसहित पाँचथर, ताप्लेजुङ र भारतको दार्जिलिङ सिक्किमलगायतका बासिन्दालाई सुविधा हुनेछ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं- हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। हाल प्रदेश १ र गण्डकी प्रदेशमा सामान्य बदली...
डोटी- ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् । पूर्वीचौकी गाउँपालिका–४ सानागाउँमा सुपप्र ००१–००२ त ४७९५ नंको ट्र्याक्टर दुर्घटना...
काठमाडौं- सङ्घीय संसद्को दुवै सदनको अधिवेशन मङ्गलबारदेखि सुरु हुने भएको छ । मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत वैशाख २५ गते अधिवेशन आह्वान गर्नुभएको थियो...
चितवन- हावाहुरीले रूख र बिजुलीको पोल ढल्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । इच्छाकामना गाउँपलिका–५ पानीधारस्थित सडकमा रूख ढालेर दुईतर्फी सडक अवरुद्ध भएको हो । रूख ढलेको...
सल्यान- विजयी उत्सव मनाउँदै गरेको गाडीमा करेन्ट लाग्दा २ जनाको मृत्यु भएको छ । कुमाख गाउँपालिकामा कांग्रेस र एमालेको गठबन्धनले जितेको उत्सव मनाउन गाडीमा आउँदै गरेकालाई...