• बिहीबार, ६ माघ, २०७८
  • ११:१२:३२

प्रधानन्यायाधीश जवरालाई कोरोना, अस्पताल भर्ना 

  • नेपालमत
  • सोमबार, १३ मङ्सिर, २०७८- २१:५३:००/ Monday 11-29-21

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जवरालाई कोरोना संक्रमण देखिएको छ ।

सोमबार दिउँसो स्वाब परीक्षण गराउनु भएका प्रधानन्यायाधीश जवराको साँझ पोजेटिभ रिपोर्ट आएको हो ।

लगत्तै प्रधानन्यायाधीश जवरा सशस्त्र प्रहरी बलको बलम्बुस्थित एपिएफ अस्पताल भर्ना हुनु भएको सर्वोच्च अदालत श्रोतले जनाएको छ ।

उहाँको अवस्था सामान्य रहेको बुझिएको छ ।   

आइतबार पारिवारका एक सदस्यलाई संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा गर्नु भएका  प्रधानन्यायाधीश जवराले सोमबार परीक्षण गराउनु भएको थियो । 
 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई nepalmatnews@gmail.com मा इमेल पठाउनु होला।