• मंगलबार, ११ बैशाख, २०८१
  • २१:१२:१४
  • नेपालीको अभिमत

समाचार

बाग्लुङमा ट्याक्टर दुर्घटना,२ जनाको मृत्यु १ घाइते

नेपालमत

सोमबार, १३ मङ्सिर, २०७८

बाग्लुङ- बाग्लुङको बलेवामा सोमबार साँझ ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

घटनामा १ जना घाइते भएका छन् । 

बाग्लुङबाट सारंगीतर्फ जादै गरेको ध १ च ३६० नम्बरको टयाक्टर बाग्लुङ नगरपालिका वडा नम्बर १४ मा पर्ने नारायणस्थानको कैया नजिकै सोमबार साँझ दुर्घटनामा परेको हो । 

मृतकको नाम र ठेगाना भने खुल्न सकेको छैन । 

दुर्घटनामा गम्भीर घाइते जैमिनी नगरपालिका भण्डारका १३ वर्षीय सुदिप केसीको प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरेर पर्वत अस्पतालमा उपचारका लागि पठाइएको छ ।

मृतकद्धयको सनाखत गर्ने प्रयास भैरहेको रहेको बाग्लुङका प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो ।
 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved