• बिहीबार, ६ माघ, २०७८
  • १०:४४:५०

२४ घण्टामा २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि

  • नेपालमत
  • सोमबार, १३ मङ्सिर, २०७८- १७:१५:००/ Monday 11-29-21

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा २ सय बढीमा कोरोना संक्रमण  पुष्टि भएको छ । कुल ९ हजार ८ सय ८८ जनामा परिक्षण गर्दा २ सय ५९ जनामा कोरोना संक्रमण  पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ९ लाख १६ हजार नाघेको छ । 

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण १  जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ५  सय २४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ सय ६४ जना कोरोना मुक्त भएका छन् । यो सँगै कोरोना मुक्त हुनेको संख्या ८ लाख २ हजार ६ सय नाघेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ९ सय ४४ रहेको छ । 

No photo description available.

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई nepalmatnews@gmail.com मा इमेल पठाउनु होला।