ताजा

  • शुक्रबार, २० असार, २०८२
  • ०७:३०:३२
  • नेपालीको अभिमत

समय

कोरोनाको नयाँ भेरियन्ट फैलिएपछि डब्ल्यूटीओको मन्त्रीस्तरीय बैठक स्थगित

नेपालमत

सोमबार, १३ मङ्सिर, २०७८

एजेन्सी–  विश्व व्यापार संगठन (डब्ल्यूटीओ)ले मन्त्रीस्तरीय बैठक स्थगित हुने घोषणा गरेको छ ।  कोरोनाको नयाँ भेरियन्ट आमोक्रोन भेटिएपछि ३० नोभेम्बरदेखि जेनेभामा हुने  मन्त्रीस्तरीय बैठक स्थगित  गरेको हो । 

यो बैठक अनिश्चितकालका लागि स्थगित भएको समाचारमा जनाइएको छ । 

स्वीट्जरल्याण्ड तथा अन्य कयौँ यूरोपियन देशमा यात्रा प्रतिबन्ध लागेपछि र क्वारेन्टिनको व्यवस्था लागू भएसँगै जनरल काउन्सिलका अध्यक्ष राजदूत डेकियो क्यास्टिल्लोले पछिल्लो अवस्थाको विषयमा जानकारी दिने उद्देश्यले सबै डब्ल्यूटीओ सदस्यलाई शुक्रबार राति आपतकालीन बैठक समेत बोलाएका छन् । 

केस्टिलोले जनरल काउन्सिललाई सम्बोधन गर्दै हालका यी दुर्भाग्यपूर्ण घटना तथा यसका कारण आउनसक्ने अनिश्चिततालाई मध्यनजर गरी आफूहरुले मन्त्रीस्तरीय सम्मेलन स्थगित गर्ने र अवस्था सहज भएपछि यसलाई चाँडो भन्दा चाँडो पुनः आह्वान गर्नुको विकल्प नभएको बताएका छन् । 

कोरोना महामारीका कारण डब्ल्यूटीओको १२ औं मन्त्रीस्तरीय सम्मेलन स्थगित भएको यो दोश्रो पटक हो । यसअघि सन् २०२० को जूनमा कजाकिस्तानमा बोलाइएको थियो । त्यो पनि स्थगित गरिएको थियो ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2025 कृष्णसार मल्टिमिडिया. All Rights Reserved