ताजा

  • बुधबार, १ श्रावण, २०८२
  • ०१:०३:४५
  • नेपालीको अभिमत

बाहिरको नेपाल

बैतडीका एक युवाकाे मलेसियामा मृत्यु

नेपालमत

सोमबार, १ कार्तिक, २०७८

बैतडी–वैदेशिक रोजगारिका सिलसिलामा मलेसियामा रहेका बैतडीका एकजनाको गएराति मृत्यु भएको छ । 

मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका– ५ बिनाबस्तीका ४२ वर्षीय धनन्जय जोशी रहेका छन् ।  रक्त क्यान्सरबाट ग्रसित जोशीको गएराति उपचारको क्रममा अस्पतालमै मृत्यु भएको मृतकका आफन्त हरि जोशीले जानकारी दिनुभयो । जोशीलाई दुई दिन अघि मात्रै रक्त क्यान्सर रहेको पुष्टी भएको बताइएको छ । 

मृतक जोशी विगत पाँच वर्षदेखि मलेसियामा काम गर्दै आउनुभएको थियो । जोशीका  श्रीमती, दुई छोरी र एक छोरा रहेका छन् । 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2025 कृष्णसार मल्टिमिडिया. All Rights Reserved