उदयपुर–पूर्व पश्चिम मदन भण्डारी लोकमार्गबाट नजिकै रहेको चारैतिर जंगलले घेरिएको बीचमा ठूलो पोखरी देखिने उदयपुरको ‘अर्जुन डहर’ पार्क पछिल्लो समय आन्तरिक पर्यटकिय गन्तव्य बन्न पुगेको छ ।
लोकमार्गदेखि दुई किलोमिटर पश्चिम उदयपुरगढी गाउँपालिका– ७ अधेँरीस्थित विश्व कञ्चन सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा पर्ने पार्कमा पर्यटक आकर्षित गर्ने संरचना निर्माणसँगै आन्तरिक पर्यटकको गन्तब्य बन्न पुगेको हो ।
डिभिजन वन कार्यालय त्रिवेणी कटारी र सामुदायिक वन समुहको संयुक्त लगानीमा निर्मित पार्कमा पर्यटक लोभ्याउने वोटिङ, स्थानीय स्रोतको प्रयोग गर्दै बनाइएको टिकटिक घर, काठको भ्युटावर जस्ता पुर्वाधार तयार भएसँगै आन्तरिक पर्यटकको आकर्षण बढेको हो । अन्य ठाउँमाभन्दा फरक स्थानीय स्रोत सामाग्रीको उपभोग गर्ने गरी सखुवाको रुखमा टिकटक घर बनाइएको छ ।
सामुदायिक वन समुहको २२ लाख ७० हजार र वन कार्यालयको १० लाख ६ हजारको संयुक्त लगानीमा उद्यानसहितको टिकटक घर र अन्य संरचना तयार गरिएको सामुदायिक वन समुहका अध्यक्ष भिमबहादुर बस्नेतले बताउनु भयो ।
पर्यटक बढेसँगै भौतिक संरचना बढाउँदै लैजान लक्ष्य रहेको छ । समुहका सचिव केशवबहादुर अधिकारीले जिल्लाकै पर्यटकीय गन्तव्य स्थलको रूपमा विकास गर्ने गरी आन्तरिक र वन कार्यालयको लगानीमा पार्क बनाइएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अधेँरीमा रहेको अर्जुन डहर पार्कलाई एक नमूना पर्यटकीय क्षेत्र बनाउने गरी लागि परेकाछौँ, ‘यसका लागि स्थानीय, प्रदेश र संघीय सरकारको सहयोगको अपेक्षा गरेका छौँ । हरियाली जङ्गलले घेरिएको स्थलमा पार्क पहाडको तल्लो भागमा छ । चारै पट्टीबाट बगेको पानी पोखरीमा जम्मा हुने गरेका कारण बाह्रै महिना पानी रहने गरेको बस्नेत बताउँछन । पर्यटकलाई व्यवस्थित गर्न विभिन्न आवासिय टहरा समेत निर्माण गरिएको बताउनु भयो ।
झट्ट हेर्दा फेवाताल जस्तै देखिने पोखरीमा बोटिङको मज्जासँगै माछा समेत हेर्न पाइन्छ । दाँया बायाँका भागमा फुलहरू रोपेर रमणीय बनाइएको छ । पार्क नजिक अधेरीँ झर्ना रहेको छ । झण्डै चार किलोमिटर पर मदनभण्डारी लोकमार्गसँगै जोडिएको झर्नाले थप मनोरम दिने गरेको अध्यक्ष बस्नेतले बताउनु भयो ।
झर्ना हेर्न र नुहाउन मात्रै दैनिक एक हजारको संख्यामा आन्तरिक पर्यटक आउने गरेको उहाँले बताउनु भयो । पार्कमा पिकनिक खान आउनेहरू झर्नामा जाने नुहाउने रमाइलो गरी फर्कने गर्दछन् । झर्ना हेर्नकै लागि उदयपुरबहेक सिरहा, सप्तरी र सिन्धुलीबाट सर्वसाधरण आउने गरेको छन् ।
झर्ना लोकमार्गसँग जोडिएकाले अझ बढि भिडभाड हुने गर्दछ । लोकमार्गको यात्रा गर्ने यात्रुहरू समेत झर्नामा एकछिन रोकेर फोटो खिचेर जाने गरेको बताउँछन । दुबै ठाउँ उदयपुरको नयाँ पर्यटकीय केन्द्रको रुपमा विकास हुँदै गएको छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
टोखा, काठमाडौं - टोखा नगरपालिकामा सामाजिक क्षेत्रमा सेवा गर्ने उद्देश्यका साथ स्थापित समृद्ध नारी मञ्चको दोस्रो साधारण सभा गरिएको छ । 'सबैका लागि समानता समृद्ध नारी मञ्चको प्रतिवद्धता' नाराका...
टोखा, काठमाडौं - टोखाको वडा नम्बर ६ ले सार्वजनिक सुनुवाई गरेको छ । वडाले सम्पादन गरेका विकास योजना र सेवा प्रवाहका बारेमा वडाबासीको गुनासो सम्बोधन गर्न...
काठमाडौं - यस वर्ष यही जेठ १८ गतेदेखि आगामी असोज १४ गतेसम्म मनसुन अवधि रहने भएको छ । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीका अनुसार...
काठमाडौं - टोखा नगरपालिका वडा नम्बर ६ ले आगामी आर्थिक वर्षका लागि योजना तय गर्न सुझाव संकलन गरिरहेको छ । यसैक्रममा शनिबार वडा कार्यालयमा नीतिगत सुझाव तथा...
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रिहा नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। पूर्वडीआइजी छविलाल जोशीसँगै लामिछानेको बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सकिए पछि सर्वोच्चले रिहाईको...