• सोमबार, १ कार्तिक, २०७८
  • ०२:१२:३६

साफ च्याम्पियनसिपपछि नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अल्मुताइरीले नेपालमा काम नगर्ने

  • नेपालमत
  • बुधबार, २७ असोज, २०७८- २०:०७:००/ Wednesday 10-13-21

काठमाडौं - नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले जारी साफ च्याम्पियनसिपको फाइनलपछि नेपालमा काम नगर्ने बताउनु भएको छ ।  

बुधबार बंगलादेशविरुद्धको खेलपछि पोस्ट म्याच कन्फ्रेन्समा बोल्दै अल्मुताइरीले आफूले एक महिनाअघि राजीनामा दिइसकेको र जारी साफको फाइनल खेलपछि आफू नेपालमा नरहने बताउनु भएको हो ।

अल्मुताइरीले आफूले एक महिनाअघि राजीनामा दिइसकेको र साफ च्याम्पियनसिपपछि त्यो लागु हुने बताउनु भयो ।

 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई nepalmatnews@gmail.com मा इमेल पठाउनु होला।