ताजा

  • आइतबार, २२ असार, २०८२
  • ०१:०५:४६
  • नेपालीको अभिमत

स्वास्थ्य

७ सय ९२ जनामा कोरोना पुष्टि,९ सय १० जना निको

नेपालमत

मंगलबार, २६ असोज, २०७८

काठमाडौं- मंगलबार देशभर ७ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

९ हजार ६ सय १९ जनाको परीक्षण गर्दा मंगलबार ७ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

७ हजार ६० वटा नमुनाको पिसिआर र २ हजार ५ सय ५९ वटा नमुनाको एन्टिजेन विधिबाट मंगलबार परीक्षण गरिएको हो ।

त्यस्तै, मंगलबार ९ सय १० जना संक्रमणमुक्त भएका छन् ।

कोरोना संक्रमणबाट मंगलबार देशभर १४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट निको भएको दर ९६ दशमलव ८ प्रतिशत पुगेको छ ।

योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २ सय ५७ पुगेको छ ।

देशभर ४ सय ८ जना कोरोनाका गम्भीर बिरामी मध्ये ३ सय ६ जनाको आईसियू र १ सय २ जनाकोे भेन्टिलेटरमा उपचार भैरहेको छ ।

त्यसबाहेक देशभरका होम आइसोलेसनमा १३ हजार ४ सय ५९ र संस्थागत आइसोलेसनमा १ हजार ९५ जना सक्रिय संक्रमितले उपचार गराइरहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, २ सय ३१ जना क्वारेन्टाइनमा छन् ।

त्यस्तै, आइतबार देशभर ६९ हजार ८ सय २४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।


 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2025 कृष्णसार मल्टिमिडिया. All Rights Reserved