काठमाडौँ- नेपालगञ्जकी गैरसरकारी संस्थाकर्मी रुबी खानलाई असोज २८ गते बिहीबार बिहान अदालतमा उपस्थित गराउन प्रहरीलाई सर्वोच्च अदालतले मंगलबार आदेश दिएको छ ।
सरकारविरुद्ध प्रदर्शनका क्रममा माइतीघर मण्डलाबाट गत शुक्रबार राति पक्राउ परेकी खानलाई बिहीबार बिहान ११ बजे अदालतमा उपस्थित गराउन र सुनुवाई प्रक्रिया नसकिएसम्म जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतबाट अन्यत्र नसार्न प्रहरीलाई सर्वोच्च अदालतले मंगलबार आदेश दिएको हो ।
सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले मंगलबार सो आदेश दिएको हो ।
न्याय माग्न भन्दै नेपालगञ्जबाट २० दिन हिँडेर काठमाडौं आएका १४ जनाको टोलीलाई माइतीघरमा शुक्रबार साँझ धर्ना बसिरहेको बेला प्रहरीले नियन्त्रणमा लिएको थियो ।
सो समूहकी अगुवा रुबी खानलाई वेपत्ता पारिएको भन्दै अधिवक्ता मोहना अन्सारीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिनु भएको थियो ।
प्रहरीले गत शुक्रबार माइतीघर मण्डलबाट पक्राउ गरी रुबीलाई नेपालगञ्ज पठाएको थियो ।
रुबीले अहिले जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासत कक्षमा अनसन शुरु गरेको प्रहरीले जनाएको छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - आइएमई ग्रुपको डेढ अर्ब लगानीमा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय गुणस्तरको फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्ने उद्योग, एभरेष्ट फाइबर सिमेन्ट बोर्ड उद्योग आजदेखि सञ्चालनमा...
काठमाडौं - चालू आर्थिक वर्षको ११ महिनामा १० खर्ब २७ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ। अर्थ मन्त्रालयका अनुसार २०८२ साल असार ३१ गतेसम्म संकलित राजस्व गत...
काठमाडौँ - नेपाल सरकारले यस वर्ष नेपालबाट भारतीय प्रसारण लाईन हुँदै ४० मेगावाट विद्युत बङ्गलादेश विद्युत निर्यात सुरु गरेको छ । गत वर्ष कात्तिक १८ (जुलाई १५)...
काठमाडौं - नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर विश्वनाथ पौडेलले लगानी विस्तार गर्दै थप उद्यम तथा उद्यमीहरूको सृजनामा अघि बढ्न आइएमई समूहलाई आग्रह गर्नु भएको छ। शुक्रवार...
काठमाडौं - ग्लोबल आइएमई बैंकले यती एअरलाइन्ससँगको सहकार्यमा ‘ग्लोबल स्काई क्लब कार्ड स्कीम’ सुभारम्भ गरेको छ । काठमाडौंमा हालै आयोजित एक विशेष कार्यक्रममा ग्लोबल आइएमई बैंकका...