काठमाडौं– ६६ औं नेपाल प्रहरी मनाइँदै छ ।
बुधबार (आज) नेपाल प्रहरी ऐनमा लालमोहर लागेको दिनलाई प्रहरी दिवस मनाउने गरिँदै आइएको छ ।
विस २०१२ मा ऐन आएपछि नै नेपाल प्रहरी औपचारिक रुपमा स्थापना भएको थियो । कानुनी रुपमा नेपाल प्रहरीले आधिकारिता पाएको आज ६६ वर्ष पुगेको छ ।
प्रहरी दिवस तीन दिनसम्म दिपावली गरेर मनाउने गरिन्छ । मंगलबारदेखि नै दिपावली तथा अन्य कार्यक्रम गरेर सुरु गरिएको छ ।
६६औं स्थापना दिवसका अवसरमा सहिद अमर प्रहरी परिवारका ३३ जनालाई सम्मान गरिँदैछ । प्रहरी प्रधान कार्यालयले नक्सालमा विशेष समारोहबीच बुधबार आज ३३ जनालाई सम्मान गर्न लागेको जानकारी दिएको छ ।
प्रमुख अतिथि प्रधानमन्त्री शेरबहादुर देउवाले सहिद परिवारलाई सम्मान गर्ने कार्यक्रम रहेको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी बसन्त कुँवरले बताउनु भएको छ । नेपाल प्रहरीमा कर्तव्यको सिलसिलामा निधन भएका अमर प्रहरीप्रति श्रद्धाञ्जलि अर्पण गर्ने, परिवारलाई कदर पत्र दिएर सम्मान गर्ने कार्यक्रम रहेको उहाँको भनाई छ ।
देशैभरी प्रदेश, जिल्ला र इलाका प्रहरी कार्यालयमा प्रहरी दिवस मनाइँदैछ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - होटलमा बोलाएर गोप्य तस्बिर र भिडियो खिच्ने अनि त्यसैलाई हतियार बनाएर लाखौं रुपैयाँ असुल्ने योजनामा संलग्न दुई युवतीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रहरीले...
काठमाडौं - अछामका दुई किशोरीको शंकास्पद मृत्यु घटनामा दुई जना किशोर पक्राउ परेका छन्।आइतबार प्रहरीले ढकारी गाउँपालिकाका दुई किशोरलाई अनुसन्धानको सिलसिलामा पक्राउ गरेको हो। अछामका प्रहरी नायब उपरीक्षक...
काठमाडौं - नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ। महरालाई कपिलवस्तुबाट पक्राउ गरि विमानबाट काठमाडौं ल्याएर केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)को लाजिम्पाटस्थित कार्यालयमा पुर्याइएको छ...
काठमाडौं - काठमाडौंको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्पतालबाट बच्चा चोरेर एक महिला फरार भएको प्रहरीले जनाएको छ । शुक्रबार दिउँसो काभ्रे घर भई काठमाडौं...
तुलसीपुर - दाङमा गोली हानेर महिला प्रहरीको हत्या गरिएको छ। घोराहीको दामोदर चोकमा डिउटीमा रहेका महिला प्रहरीको गोली हानेर हत्या गरिएको हो। वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत...