• सोमबार, १ कार्तिक, २०७८
  • ०२:०९:२१

६ घण्टा फेसबुक डाउन हुँदा जुकरबर्गलाई ६ बिलियन डलर नोक्सान, अर्बपतिको सूचीबाट २ स्थान तल 

  • नेपालमत
  • मंगलबार, १९ असोज, २०७८- १०:४५:००/ Tuesday 10-05-21

एजेन्सी– फेसबुकका सह–संस्थापक  मार्क जुकरबर्गलाई ६ बिलियन डलर  नोक्सान भएको छ । सोमवार संसारभर फेसबुकका सबै सेवा डाउन हुँदा जुकरबर्गलाई ६ बिलियन डलर  अर्थात ७ खर्ब नेपाली रुपैयाँ बराबरको नोक्सानी भएको हो । 

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार करिब ६ घण्टाको अवरोधमा  जुकरबर्ग अर्बपतिको सूचीबाट दुई स्थान लत झर्नुभएको छ ।

ब्लूमबर्ग बिलिनेयर इन्डेक्सका अनुसार  फेसबुकका सबै सेवा डाउन भएका कारण जुकरबर्गको कूल सम्पत्ति घटेर ११६.८ बिलियन डलर भएको छ ।  यसअघि  यो सूचीको चौथो स्थानमा रहनुभएका जुकरबर्ग  छैटौँ स्थानमा पुग्नुभएको छ  ।

फेसबुकका विभिन्न सेवाका साथै इन्स्टाग्राम, ह्वाट्सएप, अमेरिकी टेलिकम कम्पनी घण्टौँसम्म ठप्प रहेकोथियो ।यस्तै अमेरिकी सेयर बजारमा फेसबुकको सेयरको बिक्री पाँच प्रतिशतको गिरावट आएको थियो ।


 

 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई nepalmatnews@gmail.com मा इमेल पठाउनु होला।