ताजा

  • आइतबार, २२ असार, २०८२
  • ०५:१८:३९
  • नेपालीको अभिमत

स्वास्थ्य

‘महिनावारी रोकिइसकेका महिलामा पनि महिनावारी गडबडी हुन्छ !’

डा. प्रगति कार्की सिंह

मंगलबार, १९ असोज, २०७८

महिनावारी गडबडी महिलाहरूमा धेरै देखिने गरेका समस्याहरूमध्ये एक हो । १२ वर्षीया बालिकादेखि महिनावारी बन्द भइसकेका महिलाहरूमा पनि यो समस्या देखिने गरेको छ । यही कारण धेरैजसो महिलाहरूले मानसिक समस्या समेत भोगिरहेका छन् ।

यसको बारेमा जान्नको लागि सबैभन्दा पहिले महिनावारी कसरी हुन्छ ? यो के हो ? बुझ्न आवश्यक छ । महिनावारी भन्नाले हरेक महिना प्राकृतिक रूपमा रगत बाहिर निस्कनु हो । यसरी रगत बग्ने भनेको पाठेघरको भित्ता खुर्केर बग्ने हो । यो हर्मोनको कारणले हुन्छ । सात दिनभन्दा बढी रगत बग्यो भने चाहिं समस्या भएको मानिन्छ ।

कति दिन महिनावारी रोकिए शंका गर्ने ?

धेरैजसो महिलालाई महिनावारी गडबडबारे थाहा हुँदैन । ११/१२ वर्षका बालिका महिनावारी हुँदा उनीहरूको ४० दिनको फरकमा पनि हुनसक्छ । यसलाई हामीले समस्याका रूपमा लिनु हुँदैन । सामान्यतया महिनावारी उमेरका महिला २८ देखि ३५ दिनभित्र महिनावारी भइसक्नुपर्छ । यदि महिनावारी भएको ३५ दिनभित्र फेरि महिनावारी भएन भने गडबड भएको शंका गर्नुपर्छ । हामीले समयमै यस्तो समस्या स्त्रीरोग विशेषज्ञसमक्ष राख्यौं अथवा चेकजाँच गर्‍यौं भने राम्रो हुन्छ ।

बालिकादेखि युवती तथा महिलाहरूमा महिनावारीको समस्या देखिनुमा मुख्य कारण हर्मोन हो । यद्यपि; कतिपयको पाठेघरमा पानी फोका जमेर, मासु पलाएर पनि यो समस्या हुने गरेको छ । यसबाहेक बाँकी सबै समस्या हर्मोनका कारण आउने गर्दछ । हर्मोन भनेको एक प्रकारको रसायन हो । यो शरीरका विभिन्न अंगहरूमा रहेको विभिन्न ग्रन्थीबाट उत्पादन हुन्छ । बालिकाको पाठेघर भर्खर बन्ने क्रममा हुन्छ । अन्डा बन्ने क्रममा हुन्छ । महिनावारी हुँदै नहुने, भएपछि धेरै दिनसम्म रगत बग्ने समस्या हर्मोनका कारण हुन्छ ।

विवाहित महिलाले केही दिन कुरेर बसेको पनि हुनसक्छ । किनकि कतिपयको गर्भ बसेको हुनसक्छ । कतिले परिवार नियोजनको अस्थायी साधन प्रयोग गरेका हुनसक्छन् । अस्थायी साधन इमप्लान्ट, संगिनी सुई आदि लगाउँदा पनि महिनावारीमा गडबडी हुनसक्छ । तर अविवाहित महिलाले महिनावारी गडबड हुँदा लुकाएर बस्नु हुँदैन । यसले ठूलो असर पार्न सक्छ ।

बालिकामा बढी समस्या

आजभोलि नेपालमा ११/१२ वर्षको उमेरदेखि बालिकाहरूको महिनावारी शुरू हुन्छ । अझ कोही त १० वर्षको उमेरमै  महिनावारी भएको पनि हामीले पाएका छौं । अहिले हामीकहाँ सबैभन्दा धेरै महिनावारीको समस्या लिएर बालिकाका अभिभावकहरू आउने गरेका छन् । बालिका अथवा किशोरी एक पटक महिनावारी भयो त्यसपछि ४ महिना अथवा ६ महिना रोकिने अनि फेरि महिनावारी भएपछि एक/दुई महिनासम्म रगत बगिरहने समस्या अहिले बढी देखिएको छ ।

कतिपय किशोरीको रगत धेरै बगेर रगतको मात्रामै कमी आउने गरेको पाइन्छ । यस्तो अवस्थामा किशोरी र उनीहरूका अभिभावक आत्तिएर हामीकहाँ (अस्पताल) आउने गर्दछन् । यस्तो वेला सबैभन्दा पहिले अभिभावकलाई परामर्श दिने गरेका छौं, किशोरीलाई पनि परामर्श दिन्छौं ।

युवतीमा पनि समस्या

२० वर्ष माथिका युवतीहरू पनि महिनावारी गडबडीको समस्या लिएर उत्तिकै आउँछन् । यसमा विवाहित र अविवाहित सोधेर उपचार प्रक्रिया शुरू गर्ने गरेका छौं । विवाहित महिलाहरू गर्भ बसेको थाहा नपाएर पनि आउने गर्छन् भने कतिपयको गर्भ बसेर पनि खेर गइसकेको अवस्थामा रगत धेरै बगेर समस्या भएकाहरू आउँछन् । अविवाहित किशोरीलाई पनि महिनावारी समयमै नहुने, भए पनि रगत एक पटक मात्र देखिने त्यसपछि नहुने अथवा रगत धेरै बग्ने समस्या भइरहेको पाइन्छ ।

धेरैजसो महिलालाई महिनावारी गडबडबारे थाहा हुँदैन । ११/१२ वर्षका बालिका महिनावारी हुँदा उनीहरूको ४० दिनको फरकमा पनि हुनसक्छ । यसलाई हामीले समस्याका रूपमा लिनु हुँदैन । सामान्यतया महिनावारी उमेरका महिला २८ देखि ३५ दिनभित्र महिनावारी भइसक्नुपर्छ । यदि महिनावारी भएको ३५ दिनभित्र फेरि महिनावारी भएन भने गडबड भएको शंका गर्नुपर्छ ।

महिनावारी रोकिएका महिला

महिनावारी रोकिइसकेका ६० वर्षका वृद्धाहरूमा पनि समस्या देखिने गरेको छ । उनीहरूमा गाला रन्किने, तात्तिने, चिट्चिटाहट हुने, रिस उठ्ने, निन्द्रा नपर्ने, हड्डी दुख्ने, ढाड दुख्ने, जोर्नी दुख्ने समस्या देखिने गरेका छन् ।

पाठेघरको बाहिर दुईवटा अण्डा हुन्छन् । यो महिनावारी रोकिइसकेपछि सुकेर जान्छ । यसले हर्मोन बनाउने काम गर्छ । तर, आफैं सुकेर जाँदा समस्या देखापर्न शुरू हुन्छ । महिनावारी रोकिइसकेका महिलाहरूमा यस्तो समस्या देखिनुको मुख्य कारण स्ट्रोजेन हर्मोन हो । यो महिलाहरूको डिम्बाशयबाट उत्पन्न हुने हर्मोन हो । यसले हामीलाई तरुनो पनि बनाइराख्छ । स्ट्रोजेन भएन भने छाला चाउरी पर्ने, छालामा हुने क्लोजिङ कम भएर जाने साथै हड्डी, जोर्नी दुख्ने आदि समस्या देखापर्न थाल्छन् ।

मुख्य कारण हर्मोन

महिनावारी गर्ने भाँडो भनेको पाठेघर हो । कहिलेकाहीं त्यही भाँडोमा समस्या भइदियो, जस्तै; त्यसमा मासु पलायो भने धेरै रगत बग्न सक्छ । महिनावारी हुनु १४ दिन अगाडि अण्डा फुट्छ । यो हरेक महिनामा फुट्नैपर्छ यसो भएन भने गर्भवती हुन पनि गाह्रो हुन्छ । यो प्रक्रिया भएन भने महिनावारी नहुने, भए पनि पछाडि सर्ने, रगत बगेको बग्यै गर्ने समस्या आउँछ । त्यस्तै; थाइराइडले पनि पाठेघरमा असर पार्छ । थाइराइड तल–माथिका कारण पनि महिनावारीमा समस्या आउने गर्छ ।

बालिकादेखि युवती तथा महिलाहरूमा महिनावारीको समस्या देखिनुमा मुख्य कारण हर्मोन हो । यद्यपि; कतिपयको पाठेघरमा पानी फोका जमेर, मासु पलाएर पनि यो समस्या हुने गरेको छ । यसबाहेक बाँकी सबै समस्या हर्मोनका कारण आउने गर्दछ । हर्मोन भनेको एक प्रकारको रसायन हो । यो शरीरका विभिन्न अंगहरूमा रहेको विभिन्न ग्रन्थीबाट उत्पादन हुन्छ । बालिकाको पाठेघर भर्खर बन्ने क्रममा हुन्छ । अन्डा बन्ने क्रममा हुन्छ । महिनावारी हुँदै नहुने, भएपछि धेरै दिनसम्म रगत बग्ने समस्या हर्मोनका कारण हुन्छ ।

आजभोलि नेपालमा ११/१२ वर्षको उमेरदेखि बालिकाहरूको महिनावारी शुरू हुन्छ । अझ कोही त १० वर्षको उमेरमै  महिनावारी भएको पनि हामीले पाएका छौं । अहिले हामीकहाँ सबैभन्दा धेरै महिनावारीको समस्या लिएर बालिकाका अभिभावकहरू आउने गरेका छन् । बालिका अथवा किशोरी एक पटक महिनावारी भयो त्यसपछि ४ महिना अथवा ६ महिना रोकिने अनि फेरि महिनावारी भएपछि एक/दुई महिनासम्म रगत बगिरहने समस्या अहिले बढी देखिएको छ ।

चिन्तादेखि खानपान पनि समस्याको जड

आजभोलिका किशोरी विभिन्न किसिमको खेलकुदमा भाग लिन्छन्, उफ्रन्छन् । प्रोटिनयुक्त खाना खाँदैनन्, जंकफुडमा बढी जोड गर्छन् जसको असर महिनावारीमा देखिन्छ । यसले गर्दा पाठेघरमा समस्या नभए पनि हर्मोनको कारण महिनावारीमा समस्या आउन सक्छ ।

उपचार

सबैभन्दा पहिले के कारणले यस्तो भएको हो भनेर पत्ता लगाउनुपर्छ । यसका लागि रगत जाँच, अल्ट्रासाउन्ड गर्नुपर्छ । बालिका हो भन्दैमा पाठेघरमा, डिम्बमा केही समस्या नहोला भन्ने हुँदैन । पानीको फोका हुनसक्छ, पाठेघरमा मासु पलाएको हुनसक्छ । यो सबै हेरिसकेपछि समस्या पत्ता लगाएर समाधानको उपायतर्फ लाग्नुपर्छ ।

नानीहरू बढ्दै गएपछि पाठेघर आफैं वृद्धि हुँदै जान्छ । खानेकुरा सन्तुलित खायो भने हर्मोन आफैं निको हुन्छ तर सबै निको हुन्छ भन्ने हुँदैन । यसका लागि जाँच भने आवश्यक पर्छ । शारीरिक बनावटबाटै थाहा हुन्छ हर्मोन कत्तिको छ भनेर । छाती बढेको छ/छैन, काखीमुनि रौं आएको छ/छैन आदिबाटै धेरै कुरा थाहा हुन्छ ।

समस्या समाधानको घरेलु उपाय

स्ट्रोजेन हुने खानेकुरा– भटमास, सोयाविन खानुपर्छ । भिटामिन डी घामबाट प्राप्त हुन्छ, यसको लागि बिहानको घाम ताप्नुपर्छ । अण्डा, माछामासु खानुपर्छ । यसले बिस्तारै काम गर्छ ।

(स्त्रीरोग विशेषज्ञ डा. कार्कीसँग इन्द्रसरा खड्काले गरेको कुराकानीमा आधारित)

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2025 कृष्णसार मल्टिमिडिया. All Rights Reserved