ताजा

  • सोमबार, २३ असार, २०८२
  • ०४:५९:१७
  • नेपालीको अभिमत

बाहिरको नेपाल

कुल आचार्यद्वारा एनआरएनएको अध्यक्षमा उम्मेदवारी घोषणा

नेपालमत

आइतबार, १० असोज, २०७८

काठमाडौं- गैरआवासीय नेपाली संघको आगामी कार्यकालको अध्यक्षका लागि कुल आचार्यले आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको छ ।

काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा आफ्नो उम्मेदवारी घोषणा गर्दै आचार्यले एनआरएनएलाई सही अर्थमा आम प्रवासी नेपालीहरुको साझा संस्था बनाउन आफूले उम्मेदवारी दिन लागेको बताउनु भयो ।

यस पटकको निर्वाचनबाट नेतृत्व चुन्नका लागि विश्वभर रहेका एक लाख भन्दा बढी गैर आवासीय नेपाली संघका प्रतिनिधिहरूले अनलाइन माध्यमबाट मतदान गर्ने व्यवस्था मिलाएको गैर आवासीय नेपाली संघले जनाएको छ ।

आगामी अक्टोबर २३ देखि २५ सम्म काठमाडौंमा हुने गैर आवासीय नेपाली संघको दशौं महाधिवेशनले संघको नयाँ नेतृत्व चयन गरिने छ ।

गैर आवासीय नेपाली संघको अध्यक्ष पदका लागि यसअघि गैर आवासीय नेपाली संघका हालका महिला उपाध्यक्ष रविना थापाले उम्मेदवारी घोषणा गरिसक्नु भएको छ ।
 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2025 कृष्णसार मल्टिमिडिया. All Rights Reserved