टेक्सास - अमेरिकाको टेक्सासमा ११ वर्षीया बालिकाले आत्महत्या गरेको एउटा हृदयविदारक घटना सार्वजनिक भएको छ ।
परिवारको अध्यागमन अवस्थाका कारण विद्यालयमा उनलाई लगातार जिस्काउनने गरेको र स्कूलमा उनका सहपाठीहरूले उनलाई उनका आमाबुवालाई अमेरिकाबाट निकालिने र एक्लै छाडने धम्की दिए पछि प्रताणित भएर आत्महत्या गरेको खुलेको हो ।
यही मानसिक तनाव र डरका कारण ११ वर्षीया बालिकाले आत्महत्या गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । समाचार अनुसार टेक्सास निवासी जोसेलिन रोजो कारान्जा नामकी छात्राले विद्यालयमा लगातार दुर्व्यवहारको शिकार भएकी थिइन । उनको परिवारको अध्यागमन स्थितिका कारण उनको विद्यालयका केही विद्यार्थीहरूले उनलाई उत्पीडन गरेको आरोप छ। उनलाई आमाबुवालाई साङ्लोमा बाँधेर देश बाहिर पठाइदिने र एक्लै छाडने भन्ने डर देखाइने गरिएको थियो । यही मानसिक यातनाको शिकार बनेर जोस्लिनले ८ फेब्रुअरीमा आत्महत्या गरेकी हुन् ।
जोसेलिनकी आमा मार्बेला कारान्जाले आफ्नी छोरीमाथिको यातनाबारे आफूलाई पुर्व कुनै जानकारी नभएको बताइन् । उनले भने, ‘मेरी छोरीले आफू यति तनावमा छिन् भन्ने कुनै संकेत कहिल्यै दिइनन् । मलाई कहिल्यै थाहा थिएन कि उसलाई स्कूलमा दुर्व्यवहार गरिएको थियो। यस विषयमा छानबिन सुरु भएपछि मात्र जोस्लिनले विद्यालयमा छोरी माथी निरन्तर दुर्व्यवहार भइरहेको खुलेको थियो । तर, विद्यालय प्रशासनले उनीहरुलाई यसबारे कुनै जानकारी परिवारलाइ दिएन् ।
अहिले जोस्लिनले आत्महत्या गरेपछि विद्यालय प्रशासन नै शंकाको घेरामा परेको छ । विद्यालयलाई यसबारे जानकारी भए पनि कुनै कारबाही नगरेको उनकी आमाको आरोप छ । गेनेसभिल इन्डिपेन्डेन्ट स्कुल माथी जिल्ला प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ । विद्यालय प्रशासनले दुर्व्यवहारका घटनालाई नजिकबाट नियाल्ने र त्यस्ता गुनासोहरूलाई गम्भीरताका साथ लिने बताए पनि जोसलिनको मुद्दामा कुनै ठोस वक्तव्य जारी नगरिएको उल्लेख गरिएको छ ।
जोस्लिनको अन्त्येष्टि बुधबार मात्रै भएको थियो, जसमा सयौं मानिसहरूको सहभागीता रहेको थियो। यही क्रममा उनकी साथी रूबेलाले भनिन्, ‘हामी सँगै रुख चढ्ने गर्दथ्यौं, हाँस्ने गर्दथ्यौं र हाम्रा हरेक साना–ठूला कुरा साझा गर्थ्यौं । उनी एकदमै असल साथी थिइन् ।’
जोसेलिनको मृत्युले अमेरिकामा बाल बालिकामाथि हुने दुर्व्यवहार र आप्रवासी परिवार माथि हुने भेदभावको गम्भीरतालाई उजागर गरेको अन्तराष्ट्रिय समाचार माध्यमले जनाएका छन । यो घटनापछि धेरै संघ संस्थाले विद्यालयमा हुने दुर्ब्याबहार रोक्न थप कडा कानुन बनाउन सरकारसँग माग गरेका छन् ।
साथै, आप्रवासी परिवारका बालबालिकालाई सुरक्षित वातावरण प्रदान गर्नका लागि कदम चाल्नुपर्नेमा पनि जोड दिइएको छ । जोसेलिनको परिवारले मृतकको न्यायका लागि माग गर्ने बताएका छन् ताकि अन्य निर्दोष व्यक्तिको जीवन यसरी समाप्त नहोस्।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - कैलास मानसरोवर यात्राको सिजन सुरू भएको छ। कैलाश–मानसरोवर यात्राको उपयुक्त समय वैशाख मध्यदेखि असोज मध्य सम्म मानिन्छ। यो क्षेत्र तिब्बतमा पर्ने भएकाले यात्राका लागि...
अब चीनमा प्रेमी प्रेमिका खोज्ने कथा अलि फरक ढंगले गर्न थालिएको छ । तिब्र गतिको जीवनशैली, करियरको बढ्दो दबाब र विवाहप्रतिको परम्परागत सोचमा आएको ह्रासले युवालाई...
भूकम्प र आणविक परीक्षणका सम्बन्धमा एउटा अनुसन्धान बाहिर आएको छ, जसमा बारम्बार पृथ्वी हल्लाउनुको अर्थ भूकम्प आएको होइन, वास्तवमा यो गोप्य आणविक परीक्षण पनि हुनसक्ने...
ताप्लेजुङ - पाथीभरा मन्दिरतर्फ यात्रु बोकेको एउटा जिप सोमबार बिहान पाँच बजेतिर सदरमुकाम फुङलिङबाट चुपचाप यात्रा सुरू गरेको थियो। बिहानको चिसोमा लपक्क परेको कुहिरो छिचोल्दै यात्रुले आ-आफ्ना...
अमेरिकासँग बदला लिन चीनले अमेरिकामा दुर्लभ खनिजको निर्यातमा प्रतिबन्ध लगाएको छ । अमेरिकाले चिनियाँ सामानमा १४५ प्रतिशत कर लगाएपछि चीनले यो जवाफी कदम चालेको हो । तर,...