नेपालगञ्ज - बाँकेको नेपालगञ्ज स्थित समुदायका लागि सञ्चार अभियान नेपाल (सीसीएन)ले वातावरणीय न्यायका क्षेत्रमा अभियान सुरु गरेको छ ।
बन्यजन्तु र बन क्षेत्रबाट प्रभावित स्थानीयहरुमा सचेतना र क्षतिपूर्ति प्राप्तिमा सहजीकरण गर्ने उद्देश्यले ‘वातावरणीय न्याय र जवाफदेहिताका लागि सीमान्तकृत समुदायको सबलीकरण’ अभियान सुरु गरेको संस्थाका कार्यकारी निर्देशक तुला अधिकारीले जानकारी दिनुभयो ।
अभियानले ‘प्रभावित क्षेत्रका समुदायलाई सूसुचित, सजग र संगठित गरेर उनीहरुको आवाजलाई सबल बनाउने र आफ्नो अधिकारको वकालत गर्न सक्रिय बनाउनुका साथै सरोकारवाला सरकारी अधिकारीहरूलाई जवाफदेही र उत्तरदायी बनाउन नागरिक तहबाट संगठित प्रयास गर्नेछ’ उहाँको भनाई छ ।
सीसीएनका अनुसार युएसएआइडी/द एसिया फाउण्डेशनद्धारा संचालित ‘नागरिक समाज र मिडिया’ परियोजनाको साझेदारीमा सुरु भएको यो अभियानले वन्यजन्तु तथा वनजंगल प्रभावित सीमान्तकृत समुदायलाई उनीहरुको दायित्व र अधिकार बारे सचेतना गर्ने, वन्यजन्तु तथा वनजंगलबाट भएको क्षतिपूर्ति प्राप्तिका लागि सबल बनाउने, क्षतिपूर्तिका विद्यमान व्यवस्था, ऐननियम बारे सचेतना र सुधारका लागि पैरवी गर्ने अनि स्थानीय, प्रदेश र संघीय सरकार तथा सम्बद्ध निकायलाई जवाफदेहि बनाउन नागरिक समाजका तर्फबाट खबरदारी गर्ने उद्देश्य राखेको छ ।
बाँकेको राप्ती सोनारी गाउँपालिकाको एउटा र बर्दियाको मधुवन नगरपालिकाको एउटा गरी दुईवटा वडामा यो अभियान सञ्चालन हुन लागेको हो । विभिन्न सूचकका आधारमा स्थलगत अध्ययनबाट आएको तथ्यबाट दुवै पालिकाका वडा नम्बर २ मा यस्तो अभियान संचालन गरिन लागेको अधिकारीले बताउनु भयो । सीसीएनले अभियानको सुरुमा दुवै पालिकामा सरोकारवालाहरु सँग समन्वय बैठक गरेको छ ।
यसै क्रममा शुक्रबार बाँकेको राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर २ मा आयोजित समन्वय बैठकमा पालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले वन्यजन्तु प्रभावित समुदायलाई सबल र सरोकारवाला निकायलाई जवाफदेहि बनाउन मद्दत पुग्ने बताउनु भयो ।
यस्तै वुधबार बर्दियाको मधुवन नगरपालिकाको वडा नम्बर २ को कार्यालयमा समन्वय बैठक गरिएको थियो । मधुवन नगरपालिकाका मेयर तेजबहादुर भाटले सीसीएनले समुदायका लागि महत्वपूर्ण अभियान सुरु गरेको भन्दै स्थानीय सरकारका तर्फबाट आफ्नो प्रतिवद्धता जनाउनु भयो ।
दुवै समन्वय बैठकमा प्रहरी, बन, निकुञ्ज, बढघर, विद्यालय, क्लव लगायतका सरोकारवाला अगुवाको सहभागिता थियो ।
अभियानको उद्देश्य, कार्यक्रम र अपेक्षाका बारेमा सरोकारवालाहरु वीच परामर्श गर्न राखिएको बैठकमा सीसीएन संस्था र सीसीएनका गतिविधिका बारेमा कार्यकारी प्रमुख अधिकारीले जानकारी दिनु भएको थियो भने अभियानका गतिविधि, समय, लक्ष्यित वर्ग लगायतका बारेमा कार्यक्रम संयोजक भिमबहादुरले सार्कीले जानकारी दिनु भयो । बर्दियाको मधुवनमा सीसीएनका एरिया मोविलाइजर सुनिता नेपाली र बाँकेको राप्ती सोनारीमा एरिया मोविलाइजर सुशिल चौधरीले बैठकको सहजीकरण गर्नु भएको थियो ।
सीसीएनका अनुसार अभियानका क्रममा गोल घर सम्बाद, विद्यालय सम्बाद, शुक्रबार बन्यजन्तु बार, क्लव चौतारी जस्ता कार्यक्रम मार्फत् स्थानीय र विद्यार्थीहरुलाई दायित्व र अधिकार तथा कानुनी व्यवस्था र क्षतिपूर्ति लिने उपायका बारेमा सचेतना गरिनेछ । यस्तै झण्डै १० महिनाको अभियानका क्रममा स्थानीय सरकार, वन र प्रशासन क्षेत्र, प्रदेश सांसद र संघीय सांसद सँग सम्बाद कार्यक्रम गरी स्थानीय र जवाफदेहि वीच आमनेसामने सम्बाद मार्फत् जवाफदेहिताको खोजी गर्ने प्रयास गरिने छ ।
उठान गरिएका विषयहरु धेरै भन्दा धेरै समुदाय वीच पुर्याउनका लागि सम्बाद कार्यक्रममा आधारित २४ वटा रेडियो र १२ वडा भिडियो कार्यक्रम उत्पादन तथा प्रसारण गरिने समेत सीसीएनले जनाएको छ ।
सीसीएनले विगत १७ वर्षदेखि यस क्षेत्रकै लोकप्रिय सामुदायिक रेडियो कृष्णसार एफएम ९४ मेगाहर्ज संचालन गर्दै आएको छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
नेपालगञ्ज - नेपालगञ्ज उपमहानगरपालिकाले जथाभावी फोहोर फाल्नेलाई धमाधम कारबाही गरिरहेको छ । सडक तथा सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई निरुत्साहित गर्ने उद्देश्यले कारबाही थालिएको हो । आज...
बर्दिया - वन्यजन्तु प्रभावितहरुका लागि प्रदान गरिने क्षतिपूर्तिको प्रकृया सरल र छरितो नभएको गुनासो प्रभावित क्षेत्रका स्थानीयहरुले गरेका छन् । समुदायका लागि सञ्चार अभियान नेपाल (सीसीएन)ले बर्दियाको...
काठमाडौं - काठमाडौं उपत्यकाका ११ स्थानमा हालसम्मकै रेकर्ड ब्रेक गर्ने वर्षा भएका कारण ठूलो जनधनको क्षति हुन पुगेको जल तथा मौसम विभागले सार्वजनिक गरेको विवरणबाट...
गोरखा - गोरखाको लापुबेसिबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस सम्पर्कविहिन भएको छ । शुक्रबार बिहान ७ बजे गोरखाको लापुबेसिबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको...
काठमाडौं - दुई दिनदेखिको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानका कारण देशभर ५३ जनाको मृत्यु भएको छ । बाढी र पहिरोका कारण काठमाडौं उपत्यकाका तीन...