काठमाडौं - सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय विशेष छानविन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । सूर्य थापा नेतृत्वमा रहेको समितिले पूर्ण प्रतिवेदन शुक्रबार सार्वजनिक गरेको हो । सार्वजनिक प्रतिवेदनमा सहकारी प्रकरणमा २९ जना फरारको सूचीमा रहेको संसदीय छानबिन विशेष समितिले जनाएको छ ।
समितिले तयार पारेको प्रतिवेदनमा जीबी राईसहित २९ व्यक्ति फरारको सूचीमा रहेको र उनीहरुलाई उपलब्ध गराइदिनुहुन सरकारलाई निर्देशन दिइएको जनाइएको छ । फरारको सूचीमा रहेकाहरु जीबी राई, भरत महर्जन, राजमाया महर्जन, सचिन महर्जन, कांग्रेस उपसभापति धनराज गुरुङकीपूर्व श्रीमती ज्योति गुरुङलगायत रहेका छन् ।
फरार रही समितिमा उपलब्ध हुन नसकेका सहकारी सञ्चालकलाई उपस्थित गराइदिनका लागि सरकारलाई निर्देशन दिइएका व्यक्तिहरूको सूची यस्तो छ-
१- स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका गितेन्द्रबाबु (जीबी) राई, हाल मलेसिया ।
२- सुमेरू मचत तथा ऋण सहकारी संस्थाका भरत महर्जन, राजनाया महर्जन, सचिन महर्जन, सरला महर्जन र निमित्तराज श्रेष्ठ, सबै हाल बेलायत ।
३- सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्थाका नबहादुर बम्जन, हाल अमेरिका ।
४- सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्थाका धानवहादुर बुढामगर, भुपेन्द्र राई, हालको अवस्था अज्ञात ।
५- शिवशिवर बहुउद्देश्यीय सहकारी संस्थाक तेजबहादुर बम्जन(तामाङ), हाल भारत/युरोप रहेको आशंका ।
६- इमेज बचत तथा ऋण सहकारी संस्थाका देवकुमार नेपाली, छेला नेपाली र दीपक पौडेल, हाल भारतमा ।
७- सानो पाइला बचत तथा ऋण सहकारी संस्थाका तस्बिरन खातुन र असरफ अली, हालको अवस्था अज्ञात ।
८- सहारा बचत तथा ऋण सहकारी संस्थाक सागर केसी,
९- दिनेश रोशा र हेमन्त अधिकारी, हालको अवस्था अज्ञात ।
१०- शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लीलानाथ गौतम, हालको अवस्था अज्ञात ।
११- नमस्ते वचत तथा ऋण सहकारी संस्थाका विष्णु प्रसाद रिमाल, हालको अवस्था अज्ञात ।
१२- मेघा ड्रिम महुउद्देश्यीय सहकारी संस्थाका महाशंकर रेग्मी, हलको अवस्था अज्ञात ।
१३- कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभका प्रेमध्वज लामा, हालको अवस्था अज्ञात ।
१४- स्ट्याण्डर्ड मल्टिप्रपोज सहकारी संस्थाका राजेश श्रेष्ठ, हाल फरार ।
१५- प्रभु सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभका बुशचन्द्र श्रेष्ठ, हाल फरार ।
१६- मितेरी वचत तथा ऋण सहकारी संस्थाकी ज्योति गुरुङ, हाल फरार ।
१७- आर्जन बचत तथा ऋण सहकारी संस्थाका दीपक थापा ।
१८- सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका बुद्धि गुरुङ ।
१९ - सानो पाइला बचत तथा ऋण सहकारी संस्थाका राधेचन्द्र यादव ।
२०- क्यापिटल सेभिड एण्ड क्रेडिट को-अपरेटिभका दिनेश पौडेल ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - आइएमई ग्रुपको डेढ अर्ब लगानीमा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय गुणस्तरको फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्ने उद्योग, एभरेष्ट फाइबर सिमेन्ट बोर्ड उद्योग आजदेखि सञ्चालनमा...
काठमाडौं - चालू आर्थिक वर्षको ११ महिनामा १० खर्ब २७ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ। अर्थ मन्त्रालयका अनुसार २०८२ साल असार ३१ गतेसम्म संकलित राजस्व गत...
काठमाडौँ - नेपाल सरकारले यस वर्ष नेपालबाट भारतीय प्रसारण लाईन हुँदै ४० मेगावाट विद्युत बङ्गलादेश विद्युत निर्यात सुरु गरेको छ । गत वर्ष कात्तिक १८ (जुलाई १५)...
काठमाडौं - नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर विश्वनाथ पौडेलले लगानी विस्तार गर्दै थप उद्यम तथा उद्यमीहरूको सृजनामा अघि बढ्न आइएमई समूहलाई आग्रह गर्नु भएको छ। शुक्रवार...
काठमाडौं - ग्लोबल आइएमई बैंकले यती एअरलाइन्ससँगको सहकार्यमा ‘ग्लोबल स्काई क्लब कार्ड स्कीम’ सुभारम्भ गरेको छ । काठमाडौंमा हालै आयोजित एक विशेष कार्यक्रममा ग्लोबल आइएमई बैंकका...