काठमाडाैं - राष्ट्रिय बाल नाटक मेला २०८० काे सर्वोत्कृष्ट नाटक ‘भागु’ घाेषित भएकाे छ । उत्कृष्ट अभिनेता, अभिनेत्री, निर्देशक लगायत ७ वटा अवार्डसहित सर्वोत्कृष्ट नाटकको उपाधि सहित ‘भागु’ ले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकाे हाे ।
भक्तपुरको निष्ट स्कूलले तयार पारेको नाटक ‘भागु’ सुदूरपश्चिमको बैतडीमा भएको भागीरथी बलात्कार तथा हत्याकाण्डको सत्य कथामा आधारित छ । भागीरथीको न्यायको लागि लडिरहेको र छोरीको सुरक्षाको कुरा नाटकले उठाएको थियो ।
नाटकमा रुमानी रोकाया, ट्रेजा ढकाल, सुजन पहाडी, रेबिसा श्रेष्ठ, अपेक्षा अधिकारी, जिभिका खतिवडा, कृषा नेपाल, श्रीयम भट्टराई, आर्जन अधिकारी, स्यारोन कटुवाल, रिदम रावत, सौर्य शाह, अग्रिम थापाले अभिनय गरेका थिए । नाटकका लेखक पुष्पराज अवस्थी हुन् ।
गत फागुन १८ गते उदघाटन भएको प्रतियोगितात्मक मेलामा १० वटा विभिन्न नाटक मञ्चन भएका थिए । मेलामा भागु नाटकबाट उत्कृष्ट अभिनेता सुजन पहाडी, उत्कृष्ट अभिनेत्री रुमानी रोकाया, उत्कृष्ट सहअभिनेत्री ट्रेजा ढकाल, उत्कृष्ट प्रकाश परिकल्पना पुष्पराज अवस्थी, उत्कृष्ट नाटककार पुष्पराज अवस्थी र उत्कृष्ट निर्देशक लक्ष्मी जोशीले पुरस्कार जितेका छन् ।
त्यसैगरी मृगशिरा वर्ल्ड स्कूलले प्रस्तुत गरेको नाटक बाह्राले दर्शक छनौट पुरस्कारसहित उत्कृष्ट मञ्च परिकल्पना, उत्कृष्ट भेषभूषा तथा श्रृंगार, उत्कृष्ट पाश्र्व ध्वनि तथा संगीत गरी ४ वटा पुरस्कार जितेको छ ।
नाटकमा नेवार समुदायमा बालिकाहरुलाई गुफा राख्ने परम्परामा आधारित कथा पस्केको थियो । नाटकमा प्रभा बुढा, निलम महर्जन, कृष्ण यादव, रोज देउला, स्नेहा यादव, रोमन सुन्दास, तपस्या शाक्य, रितिका खड्का, एन्जल शाही, रोशनी पाण्डे, श्रीणा तामाङ, विप्लव अधिकारी, ज्यास्लिन रन्जित, श्रृजल मानन्धरले अभिनय गरेका थिए ।
प्रतियोगिताको उत्कृष्ट सहअभिनेताको पुरस्कार भने काभ्रे बनेपाको विद्यासागर स्कूलको नाटक नेपालको कानून दैवले जानुन्का कलाकार प्रसिद्ध तिमल्सिनाले पाएका छन् । त्यस्तै अनुशासित समुहको पुरस्कार भक्तपुरको नेक्सस स्कूलले प्राप्त गरेको छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - चलचित्र विकास बोर्डले धेरै कमाउने २५ नेपाली फिल्मका निर्मातालाई सम्मान गरेको छ। बाेर्डले स्थापनाकाे २५ वर्षमा देशभित्र धेरै कमाउने फिल्मका निर्माताहरूलाई बिशेष कार्यक्रम गरी सम्मान गरेको हो। स्थापनाको...
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को छैठौं च्याप्टर सम्मेलन ११ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । तीन दिनसम्म चलेको सम्मेलनको पहिलो दिनमा उद्घाटन सत्र राखिएको...
सुमधुर नयाँ गीत ‘तारा जुनैले’ सार्वजनिक भएको छ । प्रेम, आशा र वियोगको त्रिकोणात्मक भाव बोकेको यो गीतमा गायक ईश्वर सिंह र गायिका रितु कँडेलको...
काठमाडौं - सङ्गीतकार संघ नेपालको १३औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनबाट अष्ट लामाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । चेतन सापकोटाको नेतृत्वमा रहेको संघको कार्यसमितिलाई...
संसारको सबैभन्दा महँगो शो कुन हो र यसलाई बनाउन कति पैसा खर्च भयो वा हुनेछ भन्ने अनुमान लगाउन सक्नुहुन्छ ? यदि तपाईं २००–४०० करोड सोच्दै हुनुहुन्छ...