ताजा

  • शनिबार, १२ श्रावण, २०८१
  • १४:०६:२८
  • नेपालीको अभिमत

मनोरञ्जन

नेपाली आख्यान : पाठक र श्रष्टा के भन्छन् ?

नेपालमत

बिहीबार, १४ मङ्सिर, २०८०

नयनराज पाण्डे, आख्यानकार

किताबहरुको बाढी आइरहन्छ । यो सदाको कुरा हो । धेरै लेख्ने क्रम उहिलेदेखि नै थियो । चर्चामा आइरहने अझै कम हुन्छन् । सबै लेखिने पुस्तक राम्रै हुन्छन् भन्ने छैन । सृजनात्मक विधाहरुको नियति पनि यही हो । कतिपय किताबहरु रहरले लेखिन्छन् । रहरले लेखिएका पुस्तक कालजयी नहुन सक्छन् ।

लेखकले चाहेर मात्रै पुस्तक कालजयी हुँदैनन् । वर्तमान समयलाई प्रमाणिक र विश्वसनीय तरिकाले लेख्न सकियो भने र इमानदारीपूर्वक लेख्न सकियो भने मात्रै पुस्तक कालजयी हुन्छन् । समयलाई र इतिहासलाई सम्बोधन गरेका, इतिहासमा टेकेर वर्तमानलाई सम्बोधन गरेका पुस्तक नै कालजयी हुने हुन् ।

जानेको कुरामात्रै लेख्नुपर्छ भनेर दिमागमा राखिदिएको छ । तर, साहित्य लेख्नलाई धेरै योगदान दिन सकिँदैन । साहित्यको पहिचान बनाउन आवश्यक छ । वरिपरिको कुरा मात्रै लेख्नुपर्छ भनेर लेखकलाई कल्पनाशिल बन्न सकेको छैन । कम्फर्ट जोनमा बसेर मात्रै उत्कृष्ट साहित्य लेख्न सकिँदैन । मैले सल्लीपीरमा पनि कम्फर्ट जोनबाहिर निस्केर लेख्न खोजेको हुँ । मलाई लेखकले मधेशको मात्रै लेखक ठान्छन् तर निर्दोष पाठकले त त्यसरी सोच्दैनन् । हामीले एउटै इमेजमा सीमित रहनुहुन्न । सोचको दयरा अलि फराकिलो बनाउन जरुरी छ ।

सृजनासँग बजार जोडिन्छ नै । जब मुल्य राखिन्छ भने त्यो बजारसित जोडिन्छ । मुख्य कुरा के हो भने तपाईको सृजना बजारबाट प्रभावित हुने कि, तपाईको सृजनाबाट बजारलाई प्रभावित गर्ने नै हो । साहित्यले तुरुन्तै समाज परिवर्तन गर्दैन । यसले सिटामोल जस्तो काम गर्दैन ।

अहिले साहित्यमा धेरै विषयहरु आइरहेका छन् । मधेशका कुरा, पहिचानका कुरा लगायतका धेरै विषयमा साहित्य लेखिइएका छन् । तिनले हामीलाई प्रभावित गरिरहेकै छन् । साहित्यको काम यही नै हो जस्तो लाग्छ ।
मेरो लागि चरित्र महत्वपूणर् हो । चरित्र स्थापित भयो भने त्यो कथा चरित्रले नै डोर्याउँछ । म बढी चरित्र निर्माणमा जोड दिन्छु ।

विवेक ओझा, उपन्यासकार
विगतमा उभिएर वर्तमानलाई प्रश्न गर्नु आवश्यक छ । वर्तमान समयमा उभिएर मैले ऐंठनमार्फत प्रश्न गरेको हो । ऐंठनमा तीनवटा युद्धका कुरा उठाएको छु । महाभारत, विश्वयुद्ध र नेपालमा भएको सशस्त्र युद्धका छुटेका कुरामा फिक्सनाइज गरेर लेखेको छु ।  

बजारमुखी हुन जरुरी पनि छ । के बजारमुखी भयो भन्ने कुराले अर्थ राख्छ । पाठकले छान्न पनि जान्नुपर्छ । आफ्नो रुची पहिचान गर्नुपर्ला । छान्न सकिने सुविधा पनि बजारले बढी दिन्छ । सबै किताब सबै पाठकका लागि उपयुक्त हुँदैनन् । पाठकले के पढ्छ भन्ने उसको रुचीले निर्धारण गर्छ ।

जहाँबाट अखबारको यात्रा सकिन्छ त्यसपछि आख्यानको यात्रा सुरु हुन्छ । खबरमा नआउने कुरा फिक्सनमा लेख्ने हो ।

सुविन भट्टराई, उपन्यासकार

राम्रा पुस्तकको आयु आख्यानको गुणवत्ताले निर्धारण गर्छ । चर्चालाई हेरेर मात्रै निक्र्यौल गर्न सकिन्न । किताबको आयु नै घटेको भनेर म मान्दिन ।

लेखकले कुनै कथालाई थाहा पायो र त्यसलाई आफूले लेख्न सक्छुँ भन्ने लाग्यो भने आफै यथास्थानमा पुगेर लेख्न खोज्छ । आफैले नयाँ ठाउँमा नयाँ परिवेशमा पुगेर लेख्न मन लागेर मैले पनि इजोरियमा मधेशमै पुगेर त्यहाँ बसेर लेखेको हुँ । म जानुभन्दा पनि मलाई तानेर पुगेको जस्तो लाग्यो । आफ्नो कम्फर्ट जोन त्यागेर निस्केपछि असहज त हुन्छ । तर कहिलेकाहीँ रिस्क लिन पनि सक्नुपर्छ । त्यसले दिने क्रियटिभिटी फरक लेभलको हुन्छ ।

मलाई इजोरिया लेख्दा बजारको लोभ थिएन । तर छोटो समयमा धेरै बिक्री हुने किताब इजोरिया नै बन्यो । मैले यसलाई बौद्धिक तप्कासँग जोडिन्छ होला भन्ने लागेर लेखेको हो । भन्नेहरुले बिताबको प्रमोशनमा कति खर्च गर्यो होला भन्ने सोच्छन् होला तर त्यस्तो केही खर्च भएन ।

सुरक्षा पन्त, अभिनेत्री  

पछिल्लो समय मैले शुून्यको मूल्य पढें । त्यसले उठाएको कणालीका महिलाहरुको संघर्षका कथा धेरै मन परे ।

वर्तमान समयलाई सम्बोधन गरिएका धेरै पूस्तक छैनन् । कुनै कुनै पुस्तकहरुले इन्द्रियहरुलाई चलाएजस्तो गरिदिन्छ । मलाई सुविन भट्टराईको सायाले अझै छोडेको छैन ।

पढ्ने कुरा रहर हुँदै जिम्मेवारी बनायो भने र पढेर केही गर्नुपर्छ भन्ने बनायो भने बोरिङ हुन्छ । बाध्यात्मक परिस्थितिले बोझीलो हुन्छ । इन्फोटेन्मेन्टको माध्यम पढाईलाई बनाउनुपर्छ । पढ्ने बानीको विकास गराउनु जरुरी छ ।

सिनेमा क्षेत्रमा लेखनकै सबैभन्दा बढी समस्या छ । राम्रा पुस्तकलाई सिनेमा बनाउँदा पनि राम्रो टिम भएन भने असफल हुन्छ भन्ने उदाहरण सुविन दाइको उपन्यास समर लभ नै हो । त्यसकारण लेखक र सिनेमालाई व्यवस्थितरुपले जोड्न जरुरी छ ।

(पत्रकार जनक नेपालले सहजिकरण गरेको नेपालगञ्ज कन्क्लेभको सत्रमा अभिव्यक्त विचारमा आधारित)

नेपालमत

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

बिहीबार, १४ मङ्सिर, २०८०

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved