नेपालगञ्ज - आउने मंसिर ९ गते शनिबार नवौं धारा नेपालगन्ज म्याराथन हुने भएको छ । म्याराथनको तयारी अन्तिम चरणमा पुगेको आयोजक क्रियटिभ ह्याण्ड्सले जनाएको छ ।
यसबर्ष म्याराथनको नगद पुरस्कार राशीमा वृद्धि गर्न लागिएको र केही सरप्राइज प्याकेज पनि घोषणा गरिने आयोजकको भनाई छ ।
नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच दशक लामो सशस्त्र द्वन्द्व विधिवत अन्त्य गर्नेगरी भएको विस्तृत शान्ति सम्झौता (५ मंसिर २०६३) स्मरणमा नौ वर्षदेखि निरन्तर नेपालगन्ज म्याराथन आयोजना हुँदै आएको छ । सोही सम्झौतामार्फत मुलुकले शान्ति, विकास र समृद्धिको बाटोको यात्रा तय गरेको स्मरण गर्दै हरेक वर्ष ५ मंसिरमा नेपालगन्जको बीपी चोक र कोहलपुर चौराहामा दीप प्रज्वलन गरिँदैआएको छ ।
क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभगन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको नवौं धारा नेपालगन्ज म्याराथनका लागि २०८० भदौ १ गतेदेखि नै खेलाडी दर्ता खुला गरी जारी राखिएको आयोजक संस्थाका अध्यक्ष टीएस ठकुरीले जानकारी दिनु भयो ।
नेपालगन्ज म्याराथन एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश(एम्स)बाट मान्यताप्राप्त दौड प्रतियोगिता हो । एम्सबाट ४२.१९५ किमी, २१ किमी, १० किमी र ५ किमी प्रमाणीकरण भएको छ ।
यसबर्ष अघिल्लो वर्षमा चार विधा थप गरि बिभिन्न १४ वटा विधामा स्पर्धा समावेश गरिएको छ । स्कुलस्तरीयमा बाह्य जिल्ला र स्कुलस्तरीय दौडमा पनि कक्षा ६ देखि ८ तथा ९ देखि १२ सम्मको अलग–अलग स्पर्धा गराइने भएको छ ।
नेपालगन्ज म्याराथनको स्टार्ट/फिनिसिङ गेट उपमहानगरपालिका कार्यालय अगाडि रहनेछ । त्यहाँबाट सुरु भइ कोहलपुर नगरपालिकादेखि चार किलोमिटर उत्तर बानियाभार पुगेर सोही रुट भइ सुरुवाती बिन्दुमा पुगेपछि म्याराथन कोर्स पुरा हुने ठकुरीको भनाई छ
।
यसैबीच म्याराथनको अघिल्लो दिन नेपालगन्ज कनक्लेभ आयोजना गरिंदैछ । खेल पर्यटन, युवा उद्यम, महिला सशक्तिकरण, साहित्य र स्वदेशमै रोजगारीजस्ता मुद्दामा बहस÷छलफल हुनेछ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - खेलकुद सम्बन्धि बहस छलफल बिरलै भइरहेका बेला आउँदो जेठ अन्तिम साता काठमाडौंमा पहिलोपटकल अन्तर्राष्ट्रियस्तरको दौड सम्मेलन हुने भएको छ । जेठ २३ गते शुक्रवार...
नेपालगन्ज - नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरी विश्व म्याराथनको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स)को दूत नियुक्त भएका छन् । एम्सका नवनिर्वाचित अध्यक्ष...
काठमाडौँ - जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ८० देशले पदक जितेका छन् । बुधबार सम्पन्न खेलपछि ५३ देशले स्वर्ण पदक जितेका छन् भने कुल ८० देशले पदक जितेका छन् । पदक तालिकामा अमेरिका २७ स्वर्ण, ३५ रजत र ३२ काश्य पदक जितेर शिर्ष स्थानमा रहेको छ भने चीन २५ स्वर्ण, २३ रजत र १७ काश्य पदक जितेर दोस्रो स्थानमा रहेको छ । त्यस्तै...
काठमाडौँ - अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको छ । सोमबार बिहान सम्पन्न फाइनल खेलमा कोलम्बियालाई १-० गोल अन्तरले पराजित गर्दै कोपा अमेरिकाको उपाधि जितेको हो । निर्धारित ९० मिनेटको समयमा दुवै देशले कुनै गोल गर्न नसकेपछि ३० मिनेट अतिरिक्त समय खेलाइएको थियो । खेलको ११२औ मिनेटमा लाउतारो मार्टिनेजले गरेको गोल नै खेलको निर्णयाक गोल बनेको थियो । यस खेलमा घाइते भएपछि लियोनेल...
काठमाडौं - फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत आज नेपालले युएईविरुद्ध खेल्ने तालिका रहेको छ । नेपालले फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को दोश्रो चरणको छनौट खेल जुन ६ मा युएईविरुद्ध र यमनसँग जुन ११ मा खेल्ने तालिका रहेको छ । घरेलु मैदानमा खेल्नुपर्ने यी खेल दशरथ रंगशालाको मैदान अन्तर्राष्ट्रिय खेल खेल्न मिल्ने नभएपछि 'न्युट्रल भेन्यू'...