पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा रहेको एक कट्टरपन्थी इस्लामिक जमीयत उलेमा–ए–इस्लाम (एफ) पार्टीको राजनीतिक भेलामा आइतबार भएको बम विस्फोटमा परी कम्तीमा ३९ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएका अधिकारीहरूले बताएका छन् ।
भारतीय समाचार संस्था एएनआईका अनुसार उक्त घटनामा उक्त पार्टीको स्थानीय एक नेताको पनि मृत्यु भएको छ ।
यस पहिले प्रहरीले दिएको प्रारम्भिक जानकारीमा विस्फोटमा परी कम्तीमा १६ जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका उल्लेख गरिएको थियो ।
खैबर पख्तुनख्वा प्रान्तका स्वास्थ्यमन्त्री रियाज अनवरले एएफपीसँग भन्नुभयो, “विस्फोटपछि अस्पतालमा लगिएका मध्ये ३९ जनाको मृत्यु भइसकेको छ भने १२३ जनाको घाइते अवस्थामा उपचार भइरहेको छ ।”
प्रान्तीय गभर्नर हाजी गुलाम अलीले मृतकको सङ्ख्याको पछिल्लो विवरणलाई पुष्टि गर्दै सरकारले आक्रमणमा संलग्न व्यक्ति र समूहबारे गहन अनुसन्धान सुरू गरिसकेको बताउनुभयो । समाचार तयार पार्दासम्म आक्रमणको कुनै व्यक्ति वा समूहले जिम्मेवारी लिएको छैन ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
नयाँ दिल्ली - भारतको अन्तरिक्ष अभियान (इसरो)ले सन् २०२५ मा धेरैका लागि विशेष बनाउने भएको छ। आगामी ६ महिनामा इसरोले एकपछि अर्को ठूला मिसनहरू प्रक्षेपण गर्न लागेको...
यस दशकको अन्त्यसम्ममा विभिन्न देशहरू र निजी कम्पनीहरूले चन्द्रमाको सतहमा उत्खनन गर्ने देखिएकाे छ । नासाको अर्ब डलरको 'आर्टेमिस' कार्यक्रम चन्द्रमामा अन्तरिक्ष यात्रीहरू पठाउने मात्र होइन, यो पनि खानी...
जापानदेखि चीनसम्म जन्मदर तीव्र गतिमा घटिरहेको छ । वृद्धवृद्धाको संख्या बढ्दै गएकाले काम गर्ने युवाको अभाव छ । यी देशहरूले युवाहरूलाई सन्तान जन्माउन विभिन्न प्रकारका...
भ्याटिकन सिटीलाई संसारकै साना देशहरूमा गनिन्छ। यसको कुल जनसंख्या ७६४ जना छ जबकि यसको क्षेत्रफल ४४ हेक्टेरछ। इटालीको रोम सहर भित्र रहेको यो देशको बारेमा...
क्यार्लिफोनिया - टेक कम्पनी एप्पल माथी आफ्ना यन्त्र र आईक्लाउड खाताहरूमार्फत आफ्ना कर्मचारी माथी गैरकानूनी रूपमा जासुसी गरेको आरोप लागेको छ। कम्पनीको डिजिटल विज्ञापन विभागमा कार्यरत कर्मचारी...