काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले खेलाडीको मनोबल बढाउन सरकारले ध्यान दिनुपर्ने बताउनुभएको छ ।
विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएकामा नेपाली खेलाडीलाई बधाई तथा शुभकामना दिन राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा उहाँले देशको सान राख्न खेलकुद क्षेत्रमा पूर्वाधार बढाउनुपर्ने जिकिर गर्नुभयो ।
राष्ट्रपति पौडेलले नेपाली क्रिकेट टोलीले देशको इज्जत र गौरव बढाएको बताउनुभयो । उहाँले नेपालमा खेलकुद क्षेत्रमा पूर्वाधारको कमी रहेको उल्लेख गर्दै यस्तो परिस्थितिमा पनि क्रिकेट टोलीले ऐतिहासिक सफलता प्राप्त गरेकामा प्रसन्नता व्यक्त गर्नुभयो । नेपाली क्रिकेट खेलाडीको प्रदर्शनबाट मनभित्रैबाट आनन्द मिलेको उहाँले उल्लेख गर्नुभयो ।
“मैले नेपालले खेलेको बिहीबारको खेल हेरेँ । असाध्यै राम्रो खेल थियो । दर्शकहरू पनि प्रफुल्ल हुनुहुन्थ्यो”, उहाँले भन्नुभयो, “यस्तो ठूलो सफलता प्राप्त गर्नुभएको छ, यो ठूलो कुरा हो । खेललाई राज्यले उपेक्षित क्षेत्रमा राख्नु हुँदैन ।”
सो अवसरमा राष्ट्रपति पौडेलले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएकामा नेपाली खेलाडीलाई बधाई दिनुभयो । उहाँले आगामी दिनमा थप सफलताको कामनासमेत गर्नुभयो ।
बधाई तथा सम्मान समारोहमा नेपाल क्रिकेट सङ्घ ९क्यान० का अध्यक्ष चतुरबहादुर चन्दले प्रधानमन्त्री पुष्मकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान खेलाडीलाई पुरस्कृत गर्नुभएको प्रसङ्ग उल्लेख गर्नुहुँदै यसबाट नेपाली क्रिकेट टोलीको मनोबल थप बढेको बताउनुभयो ।
“प्रधानमन्त्रीज्यूले क्रिकेट खेल र खलाडीको स्तर वृद्धिका लागि सक्दो सहयोग गर्ने आश्वासन दिनुभएको छ”, उहाँले भन्नुभयो । खेलाडीको मेहनत मात्र सबैथोक नभएको जिकिर गर्दै अध्यक्ष चन्दले पर्याप्त सहयोगका लागि पहल गरिदिन राष्ट्रपति पौडेलसमक्ष आग्रह गर्नुभयो । आगामी दिनमा टेष्ट मान्यताप्राप्त देशसित खेल्दा नेपालको क्रिकेटको स्तर बढ्ने उहाँले बताउनुभयो ।
सरकारको प्राथमिकतामा खेल क्षेत्र पर्नुपर्ने अध्यक्ष चन्दको भनाइ थियो । खेलमा पूर्वाधारको अभाव सधैँ खड्किने गरेको उल्लेख गर्दै उहाँले कीर्तिपुर क्रिकेट मैदानको अवस्थाबारे राष्ट्रपति पौडेललाई अवगत गराउनुभएको थियो । कीर्तिपुर क्रिकेट मैदान भित्र र बाहिर गरी झण्डै ३० हजार दर्शकले खेलाडीको हौसला बढाएकामा धन्यवाद दिँदै उहाँले खेलप्रेमी र शुभचिन्तकको साथले क्रिकेटमा राम्रो गर्न सकेको बताउनुभयो ।
“मैदानभित्र बस्ने ठाउँ नभएर दर्शकले बाहिरबाटै साथ दिनुभयो, यसबाट नेपालमा दर्शकको क्रिकेटप्रतिको माया कति रहेछ भन्ने प्रष्ट हुन्छ”, अध्यक्ष चन्दले भन्नुभयो ।
सो अवसरमा क्यान सचिव दुर्गाराज पाठकले राष्ट्रपति पौडलसमक्ष क्रिकेट खेलाडी तथा पदाधिकारीको परिचय गराउनुभएको थियो । यसअघि आजै बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विजेता खेलाडीलाई सरकारी निवास बालुवाटारमा बोलाएर सम्मान गर्दै विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीलाई जनही रु तीन लाखबाट पुरस्कृत गर्ने घोषणा गर्नुभएको थियो ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं- युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग काठमाडौँको टोली पोर्चुगल आइपुगेको छ । विद्युतीय राहदानीका लागि दरखास्त सङ्कलन गर्न विभागको...
काठमाडौं- सरकारले बुधवार (आज)देखि निःशुुल्क टेलिमेडिसिन सेवा सुरुवात गर्ने भएको छ । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्या सल्ट्याउने उद्देश्यले निःशुल्क टेलिमेडिसिन...
ताप्लेजुङ- नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर गए...
मोरङ- कोशी प्रदेश नामकरण गरिएको विरोधमा आदिवासी जनजाति समुदायको प्रदर्शनमा झडप भएको छ । विराटनगरमा मंगलबार प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिको आन्दोलनमा झडप भएको हो...
ढोरपाटन- दुई दिनदेखि बागलुङ कालिका परिसरमा ठूलो भीडभाड छ । यतिबेला यहाँ चैते दसैँको मेला लागेको छ । मेलाको त्यो रमझमका बीचमा आठ÷दश बूढापाका र...