नवलपरासी- बर्दघाट सुस्ता पश्चिम को परासीस्थित आदर्श माविका छात्राहरु अचानक बेहोस हुन थालेपछि विद्यालयको पठनपाठन बन्द गरिएको छ ।
हिजो र आज लगातार विद्यार्थी बेहोस हुने क्रम बढेकाले दुई दिनका लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक दीपक भट्टराईले जानकारी दिनुभयो ।
विद्यालयमा कक्षा ६ देखि ९ सम्म अध्ययनरत छात्रामा बेहोस हुने समस्या देखिएको उहाँको भनाइ थियो । “आइतबार विद्यालयमा प्रार्थनाको समयमा छ छात्रा बेहोस भएका थिए”, उहाँले भन्नुभयो, “आज विद्यालय सुरु हुन लाग्दा थप दश छात्रा बेहोस भएपछि पृथ्वीचन्द्र अस्पतालमा उपचारका लागि उनीहरुलाई पठाइएको छ ।”
रोग पत्ता नलागेकाले अन्य विद्यार्थीलाई सङ्क्रमण नहोस् भनेर नगरपालिकाको समन्वयमा आज र भोलि विद्यालय बन्द गर्ने निर्णय गरिएको विद्यालयले जनाएको छ । अस्पतालमा हाल दश छात्रा उपचाररत रहेका र सङ्ख्या बढ्दै जानसक्ने पृथ्वीचन्द्र अस्पतालका मेसु डा मोहम्मद नुरुल होदाले बताउनुभयो ।
हिजो आएका तीन जनालाई उपचारपछि घर पठाइएको र आज दश जनाको उपचार भइरहेको उहाँको भनाइ थियो । “यो मास हिस्टेरिया हुनसक्ने भएकोले विद्यालयमै पुगेर अध्ययन गरिने छ” मेसु होदाले भन्नुभयो, “मानसिक समस्याका कारण यस किसिमको रोग देखिने भएकाले स्वास्थ्यकर्मी परिचालन गरेर विद्यालयका शिक्षक तथा अभिभावकलाई काउन्सिलिङ गर्न लागिएको छ ।”
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले सदनमा थन्किएर बसेको शिक्षा विधेयक निर्माणका लागि छलफललाई तीव्रता दिएको छ। कांग्रेस केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख...
काठमाडौँ - सरकारले वर्षाका कारण बाढी, डुबान र पहिरोका कारण विद्यार्थीको आवत-जावत प्रभावित भएकाले हाल जारी सबै परीक्षाहरू स्थगित गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालयमा...
भक्तपुर - भक्तपुर नगरपालिका वडा नं ६ देकोचा भक्तपुरमा बिहीबार भएको शैक्षिक प्रदर्शनी १५ हजार भन्दा वढीले अवलोकन गरेका छन् । भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप माविको २४...
काठमाडौं - चर्चित अभिनेत्री मनिषा कोइरालाले विदेशमा सिकेको सीपलाई देश विकासमा प्रयोग गर्नु पर्ने बताएकी छन् । डिल्लीबजार कन्या बहुमुखी क्याम्पसले शुक्रवार क्याम्पसमा आयोजना गरेको महिला...
नेपालगञ्ज - शिक्षा र सामाजिक सेवाको क्षेत्रमा विशेष योगदान पुर्याउनु भएका स्वर्गिय राजितराम पाठकको स्मृतिमा पुरस्कार स्थापना गरिएको छ । शिक्षा, सामाजिक सेवा र नागरिक समाजको क्षेत्रमा...