काठमाडौं- राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले बिहीबार राष्ट्रिय टोलीको बन्द प्रशिक्षण क्याम्पमा सहभागिताका लागि प्रशिक्षक र फिटनेसका लागि जाने भएका छन् ।
सन्दीपले खेल्न सक्ने वा नसक्ने निर्णय फिटनेस र उनको अवस्था बारे छनोट समितिले निर्धारण गर्ने नेपाल क्रिकेट सङ्घ (क्यान) का व्यवस्थापक विनोद दासले बताउनुभयो ।
‘‘सन्दीपले आज (बिहीबार) प्रशिक्षक र फिटनेस टोलीलाई भेट गरेका छन् । सन्दीपको फिटनेस र टोलीको आवश्यकता हेरेर टोलीमा रहने वा नरहने निर्णय हुन्छ । यस विषयमा छनोट समिति र प्रशिक्षकले छिट्टै क्यानलाई जानकारी दिनेछन्,’’ दासले भन्नुभयो ।
प्रशिक्षकले सन्दीपको स्थान र उनले खेल्न सक्ने अवस्था रहेमा टोलीमा समावेश गर्न सक्ने पनि दासले बताउनुभयो । बालिका बलात्कार आरोपको मुद्दामा धरौटीमा रिहा हुनुभएका सन्दीपलाई क्यानको पोखरामा सम्पन्न बोर्ड बैठकले बुधबार मात्र उहाँ माथिको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो ।
सन्दीपविरुद्ध परेको बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले अझै टुङ्गो लगाइसकेको छैन ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं- नेपाल प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको फाइल प्रवेश गरेको छ। दशरथ रङ्गशालामा भएको दोस्रो खेलमा भुटानसँग १–१ को बराबरी खेल्दै नेपाल फाइनल पुगेको हो...
काठमाडौं- फ्रान्सको पेरिसमा आयोजना हुने महिला ओलम्पिक फुटबल–२०२४ प्रतियोगिताको एशियाली छनोटको पहिलो चरणको खेल नेपालले आयोजना गर्ने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना...
काठमाडौं- प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । आयोजक नेपालले दशरथ रंगशालामा भएको उद्घाटन खेलमा लाओसलाई २–० गोल अन्तरले पराजित गरेको...
काठमाडौं- पछिल्लो समय नेपालले क्रिकेट खेलमा उल्लेख्य प्रगति गरिरहेको छ । क्रिकेटमा खेलप्रेमीको कति समर्थन छ भन्ने कुरा लिग दुई अन्तर्गत कीर्तिपुरमा आयोजित नेपाल र...
काठमाडौं- सन् २०१९ देखि सुरुआत भएको आइसिसी (अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल) विश्वकप क्रिकेट लिग दुईबाट शीर्ष तीन स्थान हासिल गर्ने स्कटल्यान्ड, ओमन र नेपालले विश्वकप छनोटको...