काठमाडौं- कर्णाली प्रदेश सरकारले आज पूर्णता पाउने भएको छ ।
सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच मन्त्रालय भागबण्डा मिलेसँगै प्रदेश सरकारले पूर्णता पाउने भएको हो ।
सहमतिअनुसार सत्ता साझेदार दलको प्रमुख घटक नेकपा (माओवादी केन्द्र)ले भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालय लिने भएको छ ।
त्यस्तै, एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लिने सहमति भएको नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश अध्यक्ष विमला केसीले जानकारी दिनुभयो । “कुन दलले कुन मन्त्रालय लिने भन्ने विषय टुङ्गो लागेको छ”, उहाँले भन्नुभयो, “भोलि बेलुकासम्म मन्त्रिपरिषद्ले पूर्णता पाउँछ ।” यसअघि जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय थपेर आठ मन्त्रालय बनाइएकोमा सात मन्त्रालय बनाउने विषयमा सत्तारुढ दलभित्रै विवाद थियो ।
मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको सरकारले सोमबार जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयलाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा समायोजन गरेपछि सो विषय टुङ्गिएको थियो ।
अब कर्णालीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालय र सामाजिक विकास मन्त्रालय हुनेछ गरी सोमबार प्रदेश राजपत्रमा प्रकाशन गरिएको थियो ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं- प्रतिनिधिसभालाई आगामी दिनमा कार्यतालिका बनाएर सञ्चालन गर्ने विषयमा दलहरूबीच सहमति भएको छ । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको आजको बैठकमा संसद् र सांसदलाई जनताप्रति उत्तरदायी तुल्याउन सभा...
काठमाडौं- राष्ट्रियसभा उपनिर्वाचनमा सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा (एमाले) का उम्मेदवार कुमार दशौदी विजयी हुनुभएको छ । कुल मतको मतभार ७ हजार ९ सय मध्ये ४...
सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ । बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो । बैठक बिहीबार दिउँसो १ बजे बस्नेगरी आजको बैठक...
लुम्बिनी- लुम्बिनी प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचनका लागि मतदान सुरु भएको छ । घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रको प्राङ्गणमा मतदान सुरु भएको हो । लुम्बिनी प्रदेश सरकारका...
काठमाडौं- नवनिर्वाचित राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । मङ्गलबार राष्ट्रपति भवनमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट उपाध्यक्ष अर्यालको पद...