काठमाडौं- महापुरूष’ प्रदर्शनको पाँचौ हप्तामा प्रवेश गरेको छ । नेपालसँगै अमेरिका, अष्ट्रेलियामा प्रदर्शन भइरहेको फिल्म गत सातादेखि युरोप र आउँदो सातादेखि मध्यपूर्वी देशहरूमा प्रदर्शन हुँदैछ ।
नेपाली दर्शकबाट पाइरहेको समीक्षाले विदेश प्रदर्शनलाई मद्दत पुगेको छ । यस्तै, अमेरिकाको डलासबाट सुरू भएको प्रदर्शन समेत पाँचौ हप्तामा छ । फिल्म हेर्ने दर्शकमार्फत प्रतिक्रियाले नै यसको पब्लिसिटी भइरहेको छ । यसैले गर्दा फिल्म ‘५१ औँ’ दिनतर्फ लम्किरहेको छ ।
फिल्म हेर्न स–परिवार हलसम आउने हुँदा पनि यसको दर्शक बढिरहेका छन् । चाडपर्व सकिएपछि प्रदर्शनमा आएको फिल्मलाई विदेशी फिल्मले समेत असर गरेको छैन । हप्तैपिच्छे प्रदर्शनमा आउने विदेशी फिल्मले शुक्रबार र शनिवार शोमा असर गरे पनि दर्शकको खोजीमा परेपछि ‘महापुरूष’ उही लयमा फर्किरहेको छ ।
अर्थात् फिल्मले प्राप्त गरेको शोहरू दिउँसो र रात्रिसमयको हाउसफुल छन् । यसैले गर्दा पनि पहिलो दिन पाएको शो र प्रदर्शनको ३०औँ दिनमा पाएको शोहरूमा भिन्नता छैन । चुनावपछिको माहोल र विश्वकप फुटवलसँगै जाडोले व्यापारमा असर गरेको छैन । ‘महापुरूष’ले पाइरहेको शो संख्या गन्ने हो भने केही फिल्मलाई पहिलो दिन मल्टिप्लेक्स यत्तिको शो पाउन मुस्किल पर्ने गर्छ ।
विदेशमा महापुरूष
नेपालमा मात्र नभई संयुक्तराज्य अमेरिकामा समेत यसले ५१औँ दिनको यात्रा तय गर्दैछ । स्थानीय वितरक नेपाल वानवान इन्टरटेनमेन्ट एलएलसीका प्रतीक सुवेदीले नेपालसँगै रेगुलर प्रदर्शन भइरहेको जानकारी दिनुभयो । ‘हामीले नेपाल झैँ अमेरिकाको विभिन्न सहरहरूमा रेगुलर प्रदर्शन गरिरहेका छौँ ।
अहिलेसम्म दुई सय भन्दा बढी शो भइसकेका छन् । यो फिल्म ०२३ को सुरुवातसम्म प्रदर्शन हुने अनुमान गरेको छु’, वितरक सुवेदीले भन्नुभयो । उहाँले दैनिक तीनदेखि चार शो राखिएकोमा भरिभराउ भइरहेको बताउनु भयो। उत्तरी अमेरिकामा सबै भन्दाबढी प्रदर्शन हुने नेपाली फिल्मको रेकर्ड बनाइसकेको फिल्मले क्यानाडासमेत प्रदर्शनको आरम्भ गरिसकेको छ ।
यस्तै, फिल्म अष्ट्रेलियाको विभिन्न सहरमा प्रदर्शन भइरहेको छ । एमएसएम इभेन्ट्स सिड्नी, क्यानबेरा, तास्मानिया, मेलबर्न लगायतका सहरहरूमा प्रदर्शन गरिसकेको छ । २० नोभेम्बरदेखि युरोपका विभिन्न सहरहरूमा यसलाई किरण गुरुङले प्रदर्शन गरिरहनु भएको छ। मध्यपूर्वी देशहरू अन्तर्गत संयुक्त अरब इमिरेट्स, बहराइन, ओमान, कतारमा आउँदो डिसेम्बर १ देखि प्रदर्शन हुँदैछ ।
मिड्ल इस्टका देशहरूमा प्रदर्शनको अधिकार लिएका निप फिल्म्सका संचालक रमेश ढकालले भक्स, नोभा, स्टार, रोयल, ओस्कार, सिनेको, सिनेपोलिस लगायतका सिनेमाजहरूमा फिल्म ‘महापुरूष’ प्रदर्शन हुने जानकारी दिनुभयो । ‘कोभिड पश्चात प्रदर्शन भइरहेका फिल्म मध्य कबड्डी ४ पश्चात महापुरूषको डिमाण्ड धेरै छ । यसलाई विदेशी फिल्म झैँ रेगुलर शोमा प्रदर्शन गरेका छौँ । अन्य फिल्म झैँ बक्सअफिसमा टिकेट लिएर यहाँ समेत फिल्म हेर्न पाइन्छ’, वितरक ढकालले भन्नुभयो,‘विस्तारै यहाँ नेपाली फिल्मको दर्शक बढिरहेका छन् । राम्रो फिल्महरू आउँदा बजार विस्तारमा टेवा पुग्छ । म विगत केही वर्षदेखि यहाँ फिल्म प्रदर्शनको लागि अहोरात्र मेहनत गरिरहेको छु ।’
फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरू विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अञ्जना बराईली मुख्य भूमिकामा रहेका छन् ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - चलचित्र विकास बोर्डले धेरै कमाउने २५ नेपाली फिल्मका निर्मातालाई सम्मान गरेको छ। बाेर्डले स्थापनाकाे २५ वर्षमा देशभित्र धेरै कमाउने फिल्मका निर्माताहरूलाई बिशेष कार्यक्रम गरी सम्मान गरेको हो। स्थापनाको...
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को छैठौं च्याप्टर सम्मेलन ११ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । तीन दिनसम्म चलेको सम्मेलनको पहिलो दिनमा उद्घाटन सत्र राखिएको...
सुमधुर नयाँ गीत ‘तारा जुनैले’ सार्वजनिक भएको छ । प्रेम, आशा र वियोगको त्रिकोणात्मक भाव बोकेको यो गीतमा गायक ईश्वर सिंह र गायिका रितु कँडेलको...
काठमाडौं - सङ्गीतकार संघ नेपालको १३औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनबाट अष्ट लामाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । चेतन सापकोटाको नेतृत्वमा रहेको संघको कार्यसमितिलाई...
संसारको सबैभन्दा महँगो शो कुन हो र यसलाई बनाउन कति पैसा खर्च भयो वा हुनेछ भन्ने अनुमान लगाउन सक्नुहुन्छ ? यदि तपाईं २००–४०० करोड सोच्दै हुनुहुन्छ...