धनगढी- कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ प्यानलसहित विजयी हुनुभएको छ ।
श्रेष्ठ ३० हजार ४०४ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका रामजनम चौधरीले १८ हजार ८१ मत पाउनु भएको छ । नेकपा एमालेका तपेन्द्र रावल भने पाँच हजार ९१० मत पाउनुभयो ।
प्रदेश सभातर्फको १ र २ मा पनि नागरिक उन्मुक्ति पार्टीकै उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा १ मा कैलाश चौधरी विजयी हुनुभएको छ । कैलाश चौधरीले १५ हजार १०१ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका दीर्घराज बिनाडीले १० हजार ३७७ मत प्राप्त गर्नुभयो ।
यस्तै, प्रदेश सभातर्फको २ मा लक्ष्मण किशोर चौधरी विजयी हुनुभयो । लक्ष्मण चौधरीले ११ हजार ३१७ मत प्राप्त गर्नुभयो । उहाँले सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावललाई तीन हजार २६४ मतान्तरले पराजित गर्नुभएको हो ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - आइएमई ग्रुपको डेढ अर्ब लगानीमा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय गुणस्तरको फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्ने उद्योग, एभरेष्ट फाइबर सिमेन्ट बोर्ड उद्योग आजदेखि सञ्चालनमा...
काठमाडौं - चालू आर्थिक वर्षको ११ महिनामा १० खर्ब २७ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ। अर्थ मन्त्रालयका अनुसार २०८२ साल असार ३१ गतेसम्म संकलित राजस्व गत...
काठमाडौँ - नेपाल सरकारले यस वर्ष नेपालबाट भारतीय प्रसारण लाईन हुँदै ४० मेगावाट विद्युत बङ्गलादेश विद्युत निर्यात सुरु गरेको छ । गत वर्ष कात्तिक १८ (जुलाई १५)...
काठमाडौं - नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर विश्वनाथ पौडेलले लगानी विस्तार गर्दै थप उद्यम तथा उद्यमीहरूको सृजनामा अघि बढ्न आइएमई समूहलाई आग्रह गर्नु भएको छ। शुक्रवार...
काठमाडौं - ग्लोबल आइएमई बैंकले यती एअरलाइन्ससँगको सहकार्यमा ‘ग्लोबल स्काई क्लब कार्ड स्कीम’ सुभारम्भ गरेको छ । काठमाडौंमा हालै आयोजित एक विशेष कार्यक्रममा ग्लोबल आइएमई बैंकका...