• बुधबार, १४ मङ्सिर, २०७९
  • १३:२६:०१
  • नेपालीको अभिमत

राजनीति

कास्की क्षेत्र २ मा एमाले नेत्री विद्या भट्टराई निर्वाचित

नेपालमत

बिहीबार, ८ मङ्सिर, २०७९

कास्की- कास्की क्षेत्र नम्बर २ मा नेकपा (एमाले) का उम्मेदवार विद्या भट्टराई विजयी हुनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कंडेललाई पराजित गर्दै भट्टराई प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो । 

विजयी भट्टराईले १६ हजार ९९८ मत प्राप्त गर्दा उहाँका निकटतम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कंडेलले १२ हजार ४९५ मत प्राप्त गर्नुभयो ।

सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका श्रीनाथ बराल तेस्रो स्थानमा चित्त बुझाउनुभयो । बरालले ९ हजार ६५९ मत प्राप्त गर्नुभयो । 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2022 कृष्णसार मल्टिमिडिया. All Rights Reserved