ताजा

  • शुक्रबार, २७ असार, २०८२
  • १४:११:०३
  • नेपालीको अभिमत

समाचार

प्रदेश १, मधेश र बागमती प्रदेशमा मध्यम वर्षाको सम्भावना

नेपालमत

सोमबार, १७ असोज, २०७९

काठमाडौं- हाल देशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो  प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहनेछ।

प्रदेश १ र बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशहरूका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  

राती  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2025 कृष्णसार मल्टिमिडिया. All Rights Reserved