काठमाडौं- नेपालमा सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा हुने गरेको पाइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालै सार्वजनिक गरेको आफ्नो ३२औं वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७८/७९) मा उक्त कुरा उल्लेख गरिएको छ ।
अख्तियारका अनुसार गत आर्थिक वर्ष परेका उजुरी मध्ये सबैभन्दा बढी स्थानीय तहसँग सम्बन्धित छन् । परेका उजुरीमध्ये ३३.१ प्रतिशत स्थानीय तह (संङघीय मामिला मन्त्रालय समेत)सँग सम्बन्धित रहेको अख्तियारले जनाएको छ ।
परेका उजुरीमध्ये १५.३ प्रतिशत शिक्षा (स्थानीय तहसमेत), ७.७ प्रतिशत भूमि प्रशासन, ४.६ प्रतिशत वन तथा वातावरण, ३.९ प्रतिशत स्वास्थ्य तथा जनसंख्या, ३.८ प्रतिशत भौतिक पूर्वाधार तथा यातायात, ३.७ प्रतिशत गृह प्रशासन र ३.२ प्रतिशत उद्योग तथा वाणिज्यसँग सम्बन्धित रहेको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै, ३.१ प्रतिशत उर्जा, जलस्रोत तथा सिंचाई, २.९ प्रतिशत खानेपानी तथा सहरी विकास, १.९ प्रतिशत अर्थ, १.९ प्रतिशत कृषि तथा पशुपन्क्षी र ०.९ प्रतिशत सञ्चार तथा सूचना प्रविधिसँग सम्बन्धित रहेको अख्तियारले जनाएको छ ।
प्रतिवेदन अनुसार ५.७ प्रतिशत नक्कली शैक्षिक प्रमाणपत्र, ४.८ प्रतिशत गैरकानुनी सम्पत्ति आर्जन र ३ प्रतिशत अन्य नियकासँग सम्बन्धित उजुरी रहेका छन् ।
आर्थिक वर्ष २०७८/७९ मा आयोगमा विभिन्न माध्यमबाट कुल १६ हजार २३८ उजुरीहरु परेका थिए । अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ८ हजार ९३ उजुरीसहित कारवाही गर्नुपर्ने उजुरीहरु २४ हजार ३३१ वटा रहेका थिए । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा उजुरीको कुल संख्या २२ हजार ६२५ रहेको थियो ।
गत आर्थिक वर्ष परेका उजुरीमध्ये १७ हजार १६९ वटा (७०.६ प्रतिशत) प्रारम्भिक छानबिनबाट फछ्र्यौट भएको अख्तियारले जनाएको छ ।
आर्थिक वर्ष २०७८/७९ मा फछ्र्यौट भएकामध्ये ८२३ वटा उजुरीउपर विस्तृत अनुसन्धान गरिएको, ५ हजार ३०२ उजुरी तामेली गरिएको, ४७४ उजुरीउपर सुझाव दिई तामेली गरिएको र १० हजार ५७० उजुरीउपर कानुनबमोजिम अन्य आवश्यक कारवाही गरिएको प्रतिवेदनमा उल्लेख छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - होटलमा बोलाएर गोप्य तस्बिर र भिडियो खिच्ने अनि त्यसैलाई हतियार बनाएर लाखौं रुपैयाँ असुल्ने योजनामा संलग्न दुई युवतीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रहरीले...
काठमाडौं - अछामका दुई किशोरीको शंकास्पद मृत्यु घटनामा दुई जना किशोर पक्राउ परेका छन्।आइतबार प्रहरीले ढकारी गाउँपालिकाका दुई किशोरलाई अनुसन्धानको सिलसिलामा पक्राउ गरेको हो। अछामका प्रहरी नायब उपरीक्षक...
काठमाडौं - नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ। महरालाई कपिलवस्तुबाट पक्राउ गरि विमानबाट काठमाडौं ल्याएर केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)को लाजिम्पाटस्थित कार्यालयमा पुर्याइएको छ...
काठमाडौं - काठमाडौंको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्पतालबाट बच्चा चोरेर एक महिला फरार भएको प्रहरीले जनाएको छ । शुक्रबार दिउँसो काभ्रे घर भई काठमाडौं...
तुलसीपुर - दाङमा गोली हानेर महिला प्रहरीको हत्या गरिएको छ। घोराहीको दामोदर चोकमा डिउटीमा रहेका महिला प्रहरीको गोली हानेर हत्या गरिएको हो। वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत...