ताजा

  • मंगलबार, १८ असोज, २०७९
  • ०७:०७:५६
  • नेपालीको अभिमत

समाचार

भोलि देशभरिका नासु बिदामा बस्ने

नेपालमत

सोमबार, २३ श्रावण, २०७९

काठमाडौंं- बजेट घोषणा विपरीत असमान ढंगले कर्मचारीहरुको तलब वृद्धि गरेको भन्दै तल्लो तहका कर्मचारी आन्दोलित भएका छन् ।

आन्दोलनको कार्यक्रम अनुसार नायव सुब्बा कर्मचारीले भोलि मंगलबार बिदामा बस्ने घोषणा गरेका छन् । 

नासु कर्मचारीहरुको भेलाले भोलि देशभरीका नासु बिदामा बस्ने र अर्थमन्त्री, सामान्य प्रशासन तथा संघीय मामिला मन्त्री, मुख्य सचिव, अर्थ सचिव र सामान्यका सचिवलाई मागको विषयमा एसएमएस गर्ने निर्णय गरेको छ भने थप आन्दोलनका कार्यक्रम भोलि तय  गर्ने निजामती कर्मचारी युनियनले जनाएको छ । 

असमान तलब वृद्धि र निजामती सेवा ऐनको विषयमा नासु कर्मचारी आन्दोलित हुँदै आएका छन् ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2022 कृष्णसार मल्टिमिडिया. All Rights Reserved