ताजा

  • मंगलबार, १४ असार, २०७९
  • १८:४०:०६
  • नेपालीको अभिमत

विदेश

अफगानिस्तान भूकम्पः मृत्यु हुनेको संख्या एक हजार पुग्यो

नेपालमत

बुधबार, ८ असार, २०७९

काबुल-  अफगानिस्तानको पाक्टिका बुधबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या एक हजार पुगेको छ । भुकम्पमा एक हजार जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन् । 

समाचारमा जनाइएअनुसार ६ सय बढी घाइते भएका छन् । 

सबैभन्दा बढी प्रभावित पूर्वी प्रान्त पक्टिका प्रान्तको बर्माल, जिरुक, नाका र गायन जिल्लामा परेको बताइएको छ । भूकम्प प्रभावित क्षेत्रमा हेलिकप्टर र उद्धार टोली पुगेका छन् । छिमेकी प्रान्त खोस्टमा पनि मानिसको मृत्यु भएको छ । 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2022 कृष्णसार मल्टिमिडिया. All Rights Reserved Site by : i-Tech Nepal