काठमाडौं- गत शुक्रबारदेखि फिल्म 'चिसो मान्छे' प्रदर्शनमा आएको छ । फिल्मले घरेलु बक्स अफिसमा पहिलो दिन ४१ लाख रूपैयाँ कमाउँदै राम्रो ओपनिङ गरेको छ ।
दोस्रो दिन, शनिबार फिल्मले ६२ लाख ७५ हजार रूपैयाँ कमाएको छ । वितरक करण क्रेजीका अनुसार फिल्मले दुई दिनमा झन्डै एक करोड ४ लाख (एक करोड तीन लाख ७५ हजार) रूपैयाँ कमाएको छ ।
फिल्मले दर्शकबाट मिश्रित प्रतिक्रिया पाइरहेको छ । फिल्मको कथा निर्देशक खनालले नै तयार पारेका हुन् । शर्मिला पाण्डेले निर्माण गरेको फिल्ममा स्वस्तिमा खड्का, अर्पण थापा र देशभक्त खनालको मुख्य भूमिका छ।
उनीहरूसँगै फिल्ममा आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मी, झकेन विसी, सञ्जोग रसाइली, पुष्पा अवस्थी, सृष्टि आचार्य, विकास खनाल लगायत कलाकारको अभिनय छ ।
निर्देशक दीपेन्द्र के खनालको निर्देशन र छायांकन रहेको फिल्मलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं– इलामेली गायक रोशन गुरुङको आवाज रहेको 'सही हो नि कान्छी सही हो' गीत सार्वजनिक भएको छ । कुमार गुरुङको शब्द सृजना रहेको गीतमा इन्द्र गुरुङले...
काठमाडौं- गायिका सुजाता केसीको आवाजमा मेरो बोली सुन्दा गीतको फिमेल भर्सन सार्वजनिक भएको छ । नरहरी प्रेमीको संगीत रहेको गीतमा मुनाल शिशिर कोइरालाको शब्द सृजना रहेको...
काठमाडौं– सन् २०२२ को मिस नेपालको ताज प्रियंका रानी जोशीले पहिरिनुभएको छ । शनिबार काठमाडौंमा भएको ग्राण्ड फिनालेमा जोशी मिस नेपाल हुनुभएको हो । त्यस्तै सरिशा...
काठमाडौँ - नेकपा एमालेका नेता भीम रावलले देशको पछिल्ला राजनीतिक अवस्थाबारे कविता सार्वजनिक गर्नुभएको छ । शनिबार ट्वीटरमार्फत सार्वजनिक कवितामा उहाँले काठमाडौँको फोहोर देखि राजनीतिकिो...
काठमाडौं- ‘कबड्डी ४’ले तेस्रो सातासम्म घरेलु बक्स अफिसमा २१ करोड ३७ लाख रुपैयाँ ग्रस कमाएको छ । सर्वाधिक कमाइ गर्ने नेपाली फिल्मको कमाइ गरेको ‘कबड्डी ४’ले...