ताजा

  • शुक्रबार, २७ असार, २०८२
  • १५:२५:४७
  • नेपालीको अभिमत

आहा नेपाल

जङ्गल सफारी लजको छुटृै प्याकेज ‘पे नाउ गो लेटर’

नेपालमत

शुक्रबार, ४ चैत, २०७८

चितवन– कोरोनाको सङ्क्रमण घटेसँगै आन्तरिक पर्यटक आकर्षण गर्न सौराहाको जङ्गल सफारी लजले छुटृै  प्याकेज कार्यक्रम सार्वजनिक गरेको छ । 

अहिले तिरेरपछि उपभोग गर्न पाउने गरी ‘पे नाउ गो लेटर’ प्याकेज सार्वजनिक गरिएको हो ।सो बमोजिम चैत महिनाभित्रमा विशेष छुटमा रकम भुक्तान गरेमा आउँदो वर्ष होटल उपयोग गर्न पाइने छ । 

होटलका सञ्चालक सुमन घिमिरेका अनुसार तीन रातका लागि यो अफर उपलब्ध गराइएको छ । जसमा दिन र रातको जम्मा रु चार हजार पाँच सय मात्रै तिरे सुविधायुक्त कोठा उपलब्ध हुनेछ । 

सामान्य अवस्थाको तुलनामा यो अफरमा सहभागी हुनेले ६६ प्रतिशत छुट पाएको उहाँको भनाइ थियो ।

यो अफरका लागि रकम अग्रिम भुक्तानी गर्नुपर्ने र होटलले सो रकम पाएपछि एउटा नंम्बर सहितको भौचर उपलब्ध गराइनेछ । कुपन जस्तै भौचर ग्राहकले राख्नुपर्नेछ । 

सो भौचर पाउन यही चैत मसान्तसम्म अग्रिम भुक्तानी गर्नुपर्ने हुन्छ । भौचर लिएर २०७९ साल वैशाख २ देखि चैत २७ सम्म जुनसुकै महिना वा दिनमा आएर बस्न सकिनेछ । कुपन भने तोकिएको समयभित्रै लिनुपर्ने र बसोबासका लागि यही मूल्यमा जहिले आए पनि हुने सञ्चालक घिमिरेले बताउनुभयो । 

भौचरमा तोकिएको मितिभन्दा अन्य दिनमा आउने ग्राहकले एक साताअघि कोठा बुक गर्नुपर्ने हुन्छ । आन्तरिक पर्यटकलाई केन्द्रमा राखेर यो अफर ल्याएको उहाँको भनाइ थियो ।

गत वर्ष  पनि उक्त होटलले असार र साउन महिनामा सोही  अफर ल्याएको थियो । त्यतिबेला ३०० जनाले उक्त प्याकेजको सेवा लिन भुक्तानी गरेका थिए । पैँतिस कोठा भएको यो होटलमा पौडी पोखरी, एक सय जना अट्ने सभा कक्षलगायत सुविधा छ । 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    नेपालमै पहिलोपटक दोलालघाटदेखि पचुवारघाटसम्म सुरु भयो रिभर ट्यूबिङ

    काठमाडौं - नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु गरिएको छ । काभ्रेको सुनकोशी नदीको दोलालघाटदेखि पचुवारघाट्सम्म विस्तार गरिएको यो सेवा साहसिक पर्यटनका पारखीहरूका लागि...

  • नेपालमत

    आगामी सेप्टेम्बरबाट सगरमाथा यात्रा दस्तुरको शुल्क बढ्ने

    काठमाडौं - नेपाल सरकारले सगरमाथा आरोहणको अनुमति शुल्क बढाएको छ । विदेशीहरूको लागि आरोहण शुल्क ११ हजार अमेरिकन डलरवाट बढाएर १५ हजार डलर पुर्याइएको छ, जो...

  • ‘नेपाल करी सेफ' गर्दै सिद्धार्थ हस्पिटालिटी, विजेतालाई बेलायतको प्रतियोगितामा भाग लिने अवसर

    काठमाडौँ - सिद्धार्थ हस्पिटालिटीले नेपाली खाना प्रबर्द्धन गर्ने उद्देश्यले पाककला प्रतियोगिता ‘नेपाल करि शेफ अफ द इयर २०२४' आयोजना गर्ने भएको छ । विजेताले २०२४ को सेप्टेम्बरमा बेलायतमा हुने ‘ग्रेट ब्रिटिस करी फेस्टिवल’मा यातायात र आवाससहित सहभागी हुने अवसर पाउनेछन् । प्रतियोगिता बिश्व प्रसिद्ध शेफ टमी मियाको ‘ग्रेट ब्रिटिस करी फेस्टिवल’सँगको सहकार्यमा आयोजना गर्न लागिएको हो । प्रतियोगितामार्फत नेपाली खानाको महत्व र...

  • नेपालमत

    राराको मुर्माटपमा रिसोर्ट सम्झौता महत्वपूर्ण : प्रधानमन्त्री

    काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका क्रममा रारा होल्डिङसँग एक्पर्ट ग्रुप अष्ट्रेलियाबीच रारामा रिसोर्ट निर्माणका निम्ति सम्झौता भएकोमा खुसी व्यक्त गर्दै पर्यटन प्रवर्धनका...

  • सात गैँडा डेरा सर्दै !

    चितवन राष्ट्रिय निकुञ्जमा भोलिदेखि गैँडा आन्तरिक स्थानान्तरण गरिने भएको छ। निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि त्यहाँका केही गैँडा निकुञ्जकै पूर्वी क्षेत्रमा स्थानान्तरण गर्न लागिएको हो। केही वर्षअघि नै गैँडा आन्तरिक स्थानान्तरण गर्न अध्ययन गरिएको भए पनि स्थानान्तरण हुन सकेको थिएन। निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार आन्तरिक स्थानान्तरणका लागि सबै तयारी पूरा भइसकेको छ। गैँडा आन्तरिक स्थानान्तरण...

© 2025 कृष्णसार मल्टिमिडिया. All Rights Reserved