ताजा

  • सोमबार, २३ असार, २०८२
  • ०४:२६:५१
  • नेपालीको अभिमत

समाचार / यातायात

उपत्यकामा आज रातीदेखि यातायातमा जोर बिजोर

नेपालमत

बिहीबार, ६ माघ, २०७८

काठमाडौं - काठमाडौं उपत्यकामा कोरोना संक्रमण उच्च गतिमा फैलन थालेपछि सरकारले यातायातमा कडाई गर्ने भएको छ ।

कोरोना संक्रमण रोकथाममा मानिसहरुको आवत जावतले मद्धत पुग्ने निष्कर्षपछि काठमाडौं उपत्यकामा शुक्रबार राति १२ बजेदेखि जोरबिजोर प्रणाली लागू गरिने भएको छ ।

उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बिहीबार बसेको बैठकले  शुक्रबार राति १२ बजेदेखि सार्वजनिक र निजी सवारी साधनहरुमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।

बैठकपछि ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले स्मार्ट लकडाउनको कार्यविधि अनुसार सार्वजनिक र निजी सवारी साधनहरुमा जोर बिजोर लागू गर्ने निर्णय भएको बताउनु भयो ।

शुक्रबार राति १२ बजेदेखि जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारी साधन सञ्चालन गर्ने गरी निर्णय भएको उहाँले बताउनु भयो ।

जोरबिजोरको निर्णय मोटरसाइकलसहित दुई पांग्रे सवारी साधनहरुमा पनि लागू हुने बताइएको छ ।

 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2025 कृष्णसार मल्टिमिडिया. All Rights Reserved