एजेन्सी– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) कोभिड–१९ को नयाँ भेरियन्ट (B.1.1.529) लाई ओमिक्रोन ‘Omicron’ नाम दिएको छ। शुक्रबार दक्षिण अफ्रिकामा कोभिड– १९ को नयाँ भेरियन्ट पत्ता लागेपछि डब्लुएचओले त्यसलाई ओमिक्रोन नाम दिएको हो ।
डब्लुएचओले यो संस्करण अत्यन्तै चिन्ताजनक रूपमा लिएको छ। हाल उपलब्ध कोरोना खोपहरू यस भेरियन्टविरुद्ध कम प्रभावकारी हुन सक्ने जनाइएको छ । नयाँ भेरियन्ट ‘डेल्टा’ भन्दा बढी सङ्क्रामक हुन सक्ने प्रक्षेपण गरिएको छ ।
डब्लूएचओले ओमिक्रोनबाट संक्रमणको जोखिम उच्च रहेको बताएपछि विभिन्न देशहरूले दक्षिण अफ्रिका क्षेत्रबाट आउने यात्रुहरूमाथि प्रतिबन्ध लगाएका छन् । डब्लूचएओले ओमिक्रोनलाई ‘भेरियन्ट अफ कन्सर्न’ घोषणा गरेको छ ।
प्रारम्भिक तथ्यहरुले यो भेरियन्टको संक्रमण तथा यसअघि संक्रमण भएकाहरुमा पनि पुनः संक्रमणको जोखिम बढी रहेको देखिएको बताएको छ।
भारतमा भेटियो ‘ओमिक्रोन’
कोभिड–१९ को नयाँ ‘भेरिएन्ट ओमिक्रोन’भारतमा पनि फेला परेपछि भारतमा पनि उच्च सतर्कता अपनाइएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार सम्बन्धित अधिकारीहरूको आपतकालिन बैठक बोलाएर अन्तर्राष्ट्रिय यात्रामा छुट दिने नीतिको समीक्षा गर्न निर्देशन दिएका थिए।
हङकङमा पनि भेटियो ‘ओमिक्रोन’
दक्षिण अफ्रिका र क्यानडाबाट गएका दुई जनामा नयाँ भेरियन्ट देखिएको हङकङको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ। होटलमा आईसोलेसनमा रहेका दुबै जनामध्ये क्यानडेली नागरिक भने लामो समयदेखि सोही होटलमा बस्दै आएका थिए ।
यस्तै नेदरल्याण्ड्सको आम्स्टरडाम आएका दुई विमानका यात्रुमध्ये ६० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
विश्वका विभिन्न देशमा यात्रा प्रतिबन्ध
ओमिक्रोनको संक्रमण तीव्र गतिमा फैलिन नदिन भन्दै विश्वका विभिन्न देशले यात्रा प्रतिबन्ध लगाएका छन्।अमेरिका, बेलायत, युरोपियन युनियन, इजरायल सहितका देशले यात्रा प्रतिबन्ध लगाएका छन्।
यस्तैमा बेलायतले दक्षिण अफ्रिका, नामिबिया, जिम्बाब्वे, बोत्स्वाना, लेसेथो र इस्वाटीटीसँगका सबै उडानहरु स्थगित गरेको छ।
अष्ट्रेलिया प्रवेशमा कडाइ
अष्ट्रेलियाले दक्षिण अफ्रिकामा देखिएको कोरोनाभाइरसको नयाँ संस्करण भित्रिन नदिनका लागि नाकाबन्दी गर्न सक्ने जनाएको छ ।
अष्ट्रेलियाका स्वास्थ्य मन्त्री जर्ज हन्टले नयाँ संस्करणको कोरोनाभाइरसको बारेमा अध्ययन भइरहेको र विज्ञ तथा सरोकारवालाहरुको सुझावका आधारमा सिमानामा आवात जावतका बारेमा निर्णय गरिने स्पष्ट पार्नुभयो ।
सरकारले दक्षिण अफ्रिका, नामिबिया, जिम्बाब्वे, बोट्सवाना, मालावी, मोजाम्बिकलगायतका देशहरुबाट अष्ट्रेलिया आउने उडान रद्ध गर्ने संभावना रहेको छ ।
त्यसैगरी अष्ट्रेलियाको नागरिक नभएको, अष्ट्रेलिया निवासी नभएको, आश्रितहरु अष्ट्रेलियामा नभएको लगायतलाई अष्ट्रेलिया प्रवेशमा रोक लगाइसकिएको पनि स्वास्थ्य मन्त्री हन्टले जानकारी दिनुभयो ।
यात्रा प्रतिवन्ध लगाएकोमा दक्षिण अफ्रिकाको गुनासो
दक्षिण अफ्रिकाका अधिकारीहरुले भने आफूहरुलाई नयाँ भेरियन्टको पहिचान चाँडो गरेकोमा धन्यवाद दिनुको साटो यात्रा प्रतिबन्ध लगाएर दण्डित गरेको बताएका छन्।
दक्षिण अफ्रिकाको परराष्ट्र मन्त्रालयले वक्तव्य जारी गरेर आफ्नो देशबाट हुने यात्रामा लगाइएको प्रतिबन्धप्रति दुःख व्यक्त गरेको हो।
न्युयोर्कमा संकटकाल घोषणा
अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा गरिएको छ । न्युयोर्कका गभर्नर काथी होचुलले राज्यभर संकटकाल लागू गरिएको घोषणा गर्नु भएको अधिकारीहरुले जनाएका छन् ।
कोरोनाभाइरसको महामारी बढ्दै गएको र कोरोनाभाइरसको नयाँ भेरियन्ट अझ खतरनाक रहेको लगायतका कारणले संकटकाल लगाउनु परेको उनले स्पष्ट पारे ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - आजदेखि दादुरा–रुवेलाको खोप देशब्यापी रूपमा लगाइदैँछ । जाजरकोट र पश्चिमरुकुमबाहेकका ७५ जिल्लामा फागुन १३ देखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्न लागेको हो...
नेपालगञ्ज - बाँकेमा कुष्ठरोगबाट १४ वर्ष मुनिका बालबालिका बढी प्रभावित हुँदै गएको पाइएको छ। चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्म भेटिएका नयाँ बिरामीमा १३ जना १४ वर्ष मुनिका...
लुम्बिनी प्रदेश सरकारले सिकलसेल एनिमिया, बिटा थालेसिमिया र हेमोफिलियाका बिरामीहरूका परिवारलाई निःशुल्क बिमा कार्यक्रम सुरु गरेको छ । प्रदेश सरकारले बाँकेको राप्तीसोनारी गाउँपालिकाबाट निःशुल्क बिमा कार्यक्रम...
काठमाडौं- आज देशैभरीका स्वास्थ्य संस्था बन्द हुने भएका छन । देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द हुन लागेको हो । हेटौडामा चिकित्सक कुटिए पछि सोको बिरोधमा नेपाल चिकित्सक...
काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अबको छ महिनाभित्र जनताले महसुस गर्ने गरी स्वास्थ्य क्षेत्रमा सुधारको काम गर्ने प्रतिबद्धता गर्नुभएको छ । मन्त्री बस्नेतले आफनो कार्यअवधिको...