• बिहीबार, ६ माघ, २०७८
  • ११:४६:०९

तीन जनामा कोरोना भेटिएपछि सयौं उडान र विद्यालयहरू बन्द

  • नेपालमत
  • शुक्रबार, १० मङ्सिर, २०७८- १६:५१:००/ Friday 11-26-21

एजेन्सी– चीनले आफ्नो कडा शून्य–कोभिड नीति जारी राखेको कारण शंघाईमा तीन कोरोनाभाइरसका घटनाहरू भेटिएपछि सयौं उडानहरू रद्द गरेको छ ।  

 केही विद्यालयहरू बन्द गर्नुको साथै भ्रमण समूहहरू शुक्रबार रद्द गरिएको छ । बेइजिङले यात्रा प्रतिबन्धहरू र कडा रुपमा गरिएका लकडाउनका कारण आफ्नो सिमानामा कोरोनाभाइरसको फैलावटलाई नियन्त्रण गर्न धेरै हदसम्म सफल भएको छ  ।  

साघांइबाट नजिकै पर्ने शहर सुझाउबाट फर्किएका तीन व्यक्तिमा कोरोनाको सङ्क्रमण देखा परेको जनाइएको छ ।  बिहीबार साँझ जारी एक पत्रकार सम्मेलनमा स्वास्थ्य अधिकारीहरूले कोरोना सङ्क्रमण भएका यी तीन जनाले नै  पूर्ण मात्रा खोप लगाएका जानकारी दिइएको छ । शुक्रबार सांघाईका दुई प्रमुख विमानस्थलबाट ५०० भन्दा बढी उडानहरू रद्द गरिएका सम्बन्धित अधिकारीहरुले जानकारी दिएका छन् । 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई nepalmatnews@gmail.com मा इमेल पठाउनु होला।