• मंगलबार, १४ मङ्सिर, २०७८
  • ०३:२३:४८

अध्यक्ष प्रचण्डले लिए महासचिव वैद्यको स्वास्थ्यवस्थाबारे जानकारी

  • नेपालमत
  • सोमबार, १ कार्तिक, २०७८- १३:४९:००/ Monday 10-18-21

काठमाडाैं–नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।
 
आज थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल पुगेर अध्यक्ष दाहालले वैद्यको स्वास्थ्य अवस्थवस्थाबारे जानकारी लिनुभएको हो । स्वास्थ्यमा समस्या देखिएपछि महासचिव वैद्य आइतबार नर्भिक अस्पतालमा भर्ना हुनुभएको थियो ।
 
सो क्रममा वैद्यको उपचारमा संलग्न चिकित्सकले उहाँको स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो । दमको समस्याबाट पीडित वैद्यको स्वास्थ्यअवस्था सुधारोन्मुख रहेको छ ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई nepalmatnews@gmail.com मा इमेल पठाउनु होला।