बंगलादेश - बंगलादेशमा एक फेसबुक पोस्टका कारण हिंसा भड्किँदा थुप्रै दुर्गा पूजा स्थलमा तोडफोड भएको छ भने तीन जनाको ज्यान गएकाे छ ।
कम्तीमा १५० अल्पसंख्यक परिवारमाथि हमला भएको र तीन जनाको मृत्यु भएको वीवीसीले हिन्दीले खबरमा उल्लेख गरेकाे छ ।
बंगलादेशको कोमिल्ला जिल्लामा एक पूजा स्थलमा कुरानको कथित अपमानको अफवाहपछि हिंसा भड्किएको हो । हिंसा भड्किएपछि भारी सुरक्षाबल तैनाथ गरिएको छ । प्रहरीकाअनुसार हिंसामा तीन जनाको मृत्यु भएको र दुई जना गम्भीर घाइते भएका छन् ।
प्रहरीले अहिलेसम्म थुप्रै हिन्दु मन्दिर, घरहरू र पसलहरूमा तोडफोड गर्ने १० जनालाई पक्राउ गरेको छ । स्थानीयवासीले त्यहाँ यस्तो खालको घटना पहिलोपटक भएको बताएका छन् ।
२०११ को जनगणनाअनुसार बंगलादेशमा १४ करोड ९० लाख जनसंख्याको ८.५ प्रतिशत हिन्दु रहेका छन् । कोमिल्ला जिल्ला सहित अन्य थुप्रै जिल्लाहरूमा हिन्दु समुदायका मानिसहरूको ठूलो संख्या रहेको छ ।
पश्चिम बंगालका थुप्रै संगठनहरूले बुधबार राती भएको हिंसाको निन्दा गरेका छन् । विश्व हिन्दु परिषदले यस घटनाको गम्भीर रूपमा छानविन गर्न माग गरेको छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - विश्वभरका हिमनदी पग्लिएपछि ज्वालामुखी विस्फोटको डर बढ्दै गएको छ । यस सम्बन्धमा वैज्ञानिकहरुको अनुसन्धानले धेरै चकित पार्ने खुलासा गरेका छन्। ग्लेशियरहरू र ज्वालामुखी गतिविधिहरू बीचको...
काठमाडौं - रसुवागढी क्षेत्रमा सोमबार बिहान आएको भीषण बाढीले चीन–नेपाल सीमावर्ती क्षेत्रलाई अकल्पनीय क्षति पुर्याएको छ। गोसाइँकुण्ड गाउँपालिका २ स्थित लिङ्दे खोलामा चीनतर्फबाट आएको बाढीका कारण नेपाल–चीनको...
काठमाडौं - विज्ञानमा हरेक दिन नयाँ नयाँ खुलासा भइरहेका छन्, भर्खरै यस्तो खुलासा भएको छ कि जुन थाहा पाउँदा तपाई पनि छक्क पर्नु हुनेछ । एक...
काठमाडौं - भारतको अहमदाबादबाट लन्डन जाँदै गरेको एयर इन्डियाको विमान बिहीबार (जुन १२, २०२५) दिउँसो दुर्घटनामा परेको थियो। यस दुर्घटनामा मृत्यु हुनेको संख्यामा थप बृद्दी...
काठमाडौं - विशेष गरी यो गर्मिको मौसममा दिउँसोको चर्को घाममा अफिस वा बजारबाट फर्किंदा कडा टाउको दुख्ने, चक्कर लाग्ने र अन्योल महसुस हुन सक्छ ।...