काठमाडौं – माल्दिभ्समा जारी १३औँ साफ च्याम्पियनसिपमा ऐतिहासिक नतिजा निकाल्दै फाइनल पुगेको नेपालले उपाधिका लागि भारत र माल्दिभ्समध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्ने भएको छ।
प्रतियोगिता अन्तर्गत बुधबार राति पौने १० बजे सुरु हुने लिग चरणको अन्तिम खेलमा भारत र माल्दिभ्सबीच निस्कने नतिजाले फाइनलमा नेपालको प्रतिस्पर्धी तय हुनेछ।
साविक विजेतासमेत रहेको माल्दिभ्सले यो खेलमा बराबरी वा जित निकाले फाइनल यात्रा तय गर्नेछ।
यता माल्दिभ्सलाई पराजित गर्न सके ७ पटकको विजेता भारत फेरि एक पटक फाइनलमा पुग्नेछ। प्रतियोगितामा चार खेल खेलेको नेपाल सात अंकसहित शीर्षस्थानमा छ।
तीन खेलबाट ६ अंक भएको माल्दिभ्स दोस्रो स्थानमा छ। तीन खेलबाट ५ अंक भएको भारत तेस्रो स्थानमा छ। बंगलादेशको चार खेलबाट ४ अंक छ भने श्रीलंकाले अंक जोड्न सकेको छैन।
सुरुका दुई खेलमा बराबरी खेलेको भारतले नेपाललाई १–० गोलले हराएको थियो भने पहिलो खेलमा नेपालसँग १–० ले पराजित भएको माल्ददिभ्सले त्यसपछि लगातार २ खेल जितेको हो।
यसअघि बुधबार साँझ भएको लिग चरणको आफ्नो अन्तिम खेलमा बंगलादेशसँग १–१ गोलको बराबरी खेल्दै नेपाल साफ च्याम्पियनसिपको इतिहासमै पहिलो पटक फाइनलमा पुगेको हो।
खेलको सुरुवातमै पछाडि परेको नेपालले ८८ औँ मिनेटमा प्राप्त पेनाल्टीलाई अन्जन विष्टले सदुपयोग गरेपछि नेपालको ऐतिहासिक फाइनल यात्रा सम्भव भएको हो।
शनिबार फाइनल खेल हुनेछ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - नेपाल हेरिटेज २५ किलोमिटर रेसको उपाधि केन्याका जुलियस म्युरुकी र नेपालकी सन्तोषी श्रेष्ठले जितेका छन्। २५ किलोमिटर पुरुषतर्फ केन्याका जुलियस म्युरुकीले १ घण्टा १६...
काठमाडौं - खेलकुद सम्बन्धि बहस छलफल बिरलै भइरहेका बेला आउँदो जेठ अन्तिम साता काठमाडौंमा पहिलोपटकल अन्तर्राष्ट्रियस्तरको दौड सम्मेलन हुने भएको छ । जेठ २३ गते शुक्रवार...
नेपालगन्ज - नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरी विश्व म्याराथनको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स)को दूत नियुक्त भएका छन् । एम्सका नवनिर्वाचित अध्यक्ष...
काठमाडौँ - जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ८० देशले पदक जितेका छन् । बुधबार सम्पन्न खेलपछि ५३ देशले स्वर्ण पदक जितेका छन् भने कुल ८० देशले पदक जितेका छन् । पदक तालिकामा अमेरिका २७ स्वर्ण, ३५ रजत र ३२ काश्य पदक जितेर शिर्ष स्थानमा रहेको छ भने चीन २५ स्वर्ण, २३ रजत र १७ काश्य पदक जितेर दोस्रो स्थानमा रहेको छ । त्यस्तै...
काठमाडौँ - अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको छ । सोमबार बिहान सम्पन्न फाइनल खेलमा कोलम्बियालाई १-० गोल अन्तरले पराजित गर्दै कोपा अमेरिकाको उपाधि जितेको हो । निर्धारित ९० मिनेटको समयमा दुवै देशले कुनै गोल गर्न नसकेपछि ३० मिनेट अतिरिक्त समय खेलाइएको थियो । खेलको ११२औ मिनेटमा लाउतारो मार्टिनेजले गरेको गोल नै खेलको निर्णयाक गोल बनेको थियो । यस खेलमा घाइते भएपछि लियोनेल...