सल्यान- सल्यानमा दशैंको मासुका विषयमा भएको विवादमा बाबुले प्रहार गरेको धारिलो खुर्पाले लागेर छोराको मृत्यु भएको छ ।
मासुको विषयलाई लिएर विवाद भएपछि सल्यान जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका १० माझकाँडाका वर्ष ५५ का नीमबहादुर कँवरले प्रहार गरेको धारिलो खुर्पाले लागेर उनका ३३ वर्षीय छोरा रुपलाल कँवरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मंगलबार दिउँसो बाबु छोराबीच मासुको विषयमा भएको सामान्य विवाद बढ्दै जाँदा राति करिब १० बजे बाबुको हातबाट छोराको मृत्यु हुन पुगेको हो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक अर्जुन पौडेलका अनुसार राति मदिरा खाएपछि झगडाले तीब्र रुप लिएको थियो ।
रुपलालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
छोराको हत्यामा संलग्न नीमबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - होटलमा बोलाएर गोप्य तस्बिर र भिडियो खिच्ने अनि त्यसैलाई हतियार बनाएर लाखौं रुपैयाँ असुल्ने योजनामा संलग्न दुई युवतीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रहरीले...
काठमाडौं - अछामका दुई किशोरीको शंकास्पद मृत्यु घटनामा दुई जना किशोर पक्राउ परेका छन्।आइतबार प्रहरीले ढकारी गाउँपालिकाका दुई किशोरलाई अनुसन्धानको सिलसिलामा पक्राउ गरेको हो। अछामका प्रहरी नायब उपरीक्षक...
काठमाडौं - नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ। महरालाई कपिलवस्तुबाट पक्राउ गरि विमानबाट काठमाडौं ल्याएर केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)को लाजिम्पाटस्थित कार्यालयमा पुर्याइएको छ...
काठमाडौं - काठमाडौंको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्पतालबाट बच्चा चोरेर एक महिला फरार भएको प्रहरीले जनाएको छ । शुक्रबार दिउँसो काभ्रे घर भई काठमाडौं...
तुलसीपुर - दाङमा गोली हानेर महिला प्रहरीको हत्या गरिएको छ। घोराहीको दामोदर चोकमा डिउटीमा रहेका महिला प्रहरीको गोली हानेर हत्या गरिएको हो। वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत...