• सोमबार, १ कार्तिक, २०७८
  • ०२:१५:१२

यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिन खोजेको आरोपमा ७ पक्राउ

  • नेपालमत
  • सोमबार, २५ असोज, २०७८- ११:१७:००/ Monday 10-11-21

काठमाडाैं–यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिन खोजेको आरोपमा ७ जना पक्राउ परेका छन् । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाड पर्व लक्षित विशेष अप्रेशन अन्तर्गत उपत्यकाबाट बाहिर चाडपर्व मनाउन घर जाने यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिन खोजेको आरोप ट्राफिक प्रहरीले पक्राउ गरेकाे हाे ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले कोटेश्वर एरियाको काउन्टरबाट खोटाङ ऐशेलुखर्क-३ का भिम निरौला र रञ्जित श्रेष्ठ, बल्खु  एरियाको काउन्टरबाट सिन्धुलीका हरि कार्की, चितवनका सुदर्शन पाण्डे, बारा कलैयाका एल एक्स चौधरी, मकवानपुर भिमफेदीका प्रेम घिमिरे र बारा जितपुरका विशाल लामा पक्राउ परेकाे जानकारी दिनु भयाे ।
 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई nepalmatnews@gmail.com मा इमेल पठाउनु होला।