काठमाडौं- नेपालमा लक्षित जनसंख्याको ३२ प्रतिशतले कोरोना भाइरसविरुद्ध पूर्ण मात्रा खोप लगाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जनाएको छ ।
देशभर कोरोना विरुद्धको खोपको पूर्ण मात्रा लगाउनेको संख्या ६९ लाख ६२ हजार १ सय ६४ रहेको छ ।
त्यसैगरी, ८७ लाख ३ हजार ७ सय ५ जनाले पहिलो मात्राको खोप लगाएको मन्त्रालयले जनाएको हो ।
सरकारले १८ वर्षभन्दा माथिका ३ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनालाई खोप लगाउनु पर्ने लक्षित वर्ग अन्तर्गत् राखेको जनाएको छ ।
उपत्यकाका ७४ प्रतिशतले पाए पूर्ण मात्रा खोप
काठमाडौ उपत्यकाका तीन जिल्ला भक्तपुर, ललितपुर र काठमाडौंका ७४ प्रतिशत जनसंख्याले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।
उपत्यकामा कोरोना विरुद्धको पहिलो मात्रा खोप ८१ प्रतिशतले लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
काठमाडौ उपत्यकामा १८ वर्षमाथिका ३१ लाख ३९ हजार ७ सय ७३ जनालाई कोरोनाविरुद्ध खोप लगाउने लक्षित वर्गमा राखिएको मन्त्रालयले जनाएको छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
आजको व्यस्त जीवन, खानपानको खराब बानी र तनावका कारण पेटसम्बन्धी समस्या सामान्य बन्दै गएको छ । त्यसमध्ये पनि पेट सफा नहुँदा मानिसहरु समस्यामा परेका छन्...
काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रममा आँखा स्वास्थ्यलाई समायोजन गर्ने प्रतिबद्दता जनाएका छन्। आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने संस्थाहद्वारा आज काठमाडौँमा आयोजित...
काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदन सार्वजनिक गरेको छ । मन्त्रालयमा एक कार्यक्रम गरी मन्त्री प्रदीप पौडेलले आम नागरिकलाई थप...
काठमाडौँ - सरकारले सञ्चालन गरेको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानमा १४ लाख २८ हजार आठ सय ८९ किशोरीले खोप लगाएका छन् । गत माघ...
काठमाडौं - स्वास्थ्यमन्त्री प्रदीप पौडेलले नसर्ने रोगहरुविरुद्ध निरोधात्मक विधि प्रवद्र्धन गर्ने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबारबाट आरम्भ गरेको निःशुल्क स्क्रिनिङ अभियान सफल पार्न सबैमा...