• सोमबार, १ कार्तिक, २०७८
  • ०१:५३:३०

नेपाल वायु सेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदीद्वारा आत्महत्या !

  • नेपालमत
  • बिहीबार, २१ असोज, २०७८- १२:५३:००/ Thursday 10-07-21

काठमाडाैं - नेपाल वायु सेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृत भेटिएकाे प्रहरीले जनाएकाे छ ।

काठमाडौं–७, बुलबुलेमा निर्माणाधीन घरको अगाडि उहाँको शव भेटिएको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले घरको चार तलामाथिबाट हाम फालेको बताउनु भयाे । उहाँले नजिकै रहेको सीसी क्यामरामा चतुर्वेदी माथि गएको र झरेको दुवै कैद भएको बताउनु भयाे । तर, पूरा विवरण भने खुलेकाे छैन ।

प्रहरीले चतुर्वेदी डिप्रेसनको शिकार रहेको दाबी गरेको छ । चतुर्वेदीको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएकाे छ । भ्रष्टाचारसम्बन्धी कसूरमा डेढ वर्ष जेल बसेका चतुर्वेदीकाे मृत्युकाे कारण खुलेकाे छैन ।

 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई nepalmatnews@gmail.com मा इमेल पठाउनु होला।