काठमाडौं - टोखा नगरपालिकाको वडा नम्बर ६ मा सेयर कारोबार सचेतना सम्बन्धि तालिम दिइएको छ । वडा नम्बर ६ र सन सेक्युरिटिज प्राईभेट लिमिटेडले निःशुल्क आयोजना गरेको तालिममा झण्डै ८० जना स्थानीय सहभागि थिए ।
पौष २६ गते देखि २८ गतेसम्म ३ दिन आयोजित उक्त तालिममा नेपालको सेयर बजारको अवस्था, आधारभुत पक्ष, प्राविधिक विश्लेषण, कम्पनी विश्लेषण तथा पोर्टफोलियो ब्यवस्थापनका बारेमा तालिम दिईएको थियो ।
तालिममा सन सेक्युरिटिजका कार्यकारी अघ्यक्ष कृष्ण गिरी, विवेक अधिकारी, दिपकराज पन्त, रवि बुढाथोकीले सहजीकरण गर्नुभएको थियो ।
तालिमको शुभारम्भ गर्दै वडा अध्यक्ष शान्ता पौड्यालले सेयर तालिमले राम्रो कम्पनी छनोट गरेर लगानी गर्ने शिप सिकाएर वडावासीको लगानी सुरिक्षत हुने विश्वास व्यक्त गर्नु भयो ।
पौड्यालले तालिममा महिला सहभागिता धेरै भएकोमा खुसी हुँदै यसले सानो भए पनि आम्दानीको स्रोत बन्न सक्ने र आत्मनिर्भर वन्न सघाउने बताउनु भयो ।
सो अबसरमा बोल्दै वडा सदस्य चन्द्र श्रेष्ठले सेयर तालिम अहिलेको समय सापेक्ष भएको बताउॅदै सहभागी ४० जनाको सिट भए पनि करिब ८० जना सहभागी हुनुले यो बिषय सबैको चासो र महत्वको भएको धारणा राख्नु भयो ।
तालिममा सहभागीहरुलाई सन सेक्युरिटिजले निशुल्क डिपी आईडी खोल्ने ब्यवस्था समेत गरेको थियो ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - आइएमई ग्रुपको डेढ अर्ब लगानीमा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय गुणस्तरको फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्ने उद्योग, एभरेष्ट फाइबर सिमेन्ट बोर्ड उद्योग आजदेखि सञ्चालनमा...
काठमाडौं - चालू आर्थिक वर्षको ११ महिनामा १० खर्ब २७ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ। अर्थ मन्त्रालयका अनुसार २०८२ साल असार ३१ गतेसम्म संकलित राजस्व गत...
काठमाडौँ - नेपाल सरकारले यस वर्ष नेपालबाट भारतीय प्रसारण लाईन हुँदै ४० मेगावाट विद्युत बङ्गलादेश विद्युत निर्यात सुरु गरेको छ । गत वर्ष कात्तिक १८ (जुलाई १५)...
काठमाडौं - नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर विश्वनाथ पौडेलले लगानी विस्तार गर्दै थप उद्यम तथा उद्यमीहरूको सृजनामा अघि बढ्न आइएमई समूहलाई आग्रह गर्नु भएको छ। शुक्रवार...
काठमाडौं - ग्लोबल आइएमई बैंकले यती एअरलाइन्ससँगको सहकार्यमा ‘ग्लोबल स्काई क्लब कार्ड स्कीम’ सुभारम्भ गरेको छ । काठमाडौंमा हालै आयोजित एक विशेष कार्यक्रममा ग्लोबल आइएमई बैंकका...