नेपालगञ्ज - बाँकेको राप्ती नदी सिधनियाघाटमा गंगा महाआरती गरिएको छ । पाँचौ संस्करणमा पुग्दा महाआरतीमा भक्तजनहरुको सहभागिता बढ्दै गएको छ ।
डुडुवा गाउँपालिका वार्ड नम्बर ४ राप्ती नदीस्थित श्री अष्टोत्तरशतम् शिवलिंङ्ग विश्वम्भरनाथ महादेव (१०८ शिवलिङ्ग विश्वम्भर महादेव) मन्दिरमा गंगा महाआरती भएको हो । बाँके जिल्लाका विभिन्न स्थानबाट आएका सर्वसाधारण भक्तजनले आइतबार महाआरतीको क्रममा गंगा माताको विशेष पुजापाठ समेत गरेका थिए ।
धार्मिक पर्यटन प्रवद्र्धन, राप्ती नदी क्षेत्र तथा मन्दिरको प्रचारप्रसार र जिल्लाका विभिन्न स्थानबाट आउने धार्मिक पर्यटकलाई स्वागत गर्न नियमित रुपमा महाआरती हुदै आएको मन्दिरका संरक्षक तथा पुजारी आचार्य रामप्रताप मिश्र शास्त्री महाराजजीले बताउनुभयो ।
स्थानीय तथा सामाजिक अगुवाहरुको पहलमा गत भदौ ३ गते श्रावण शुक्ल पुर्णिमाको दिनदेखि शुरु भएको महाआरती नियमित रुपमा गरिएको छ । महाआरतीलाई प्रत्येक महिनाको पुर्णिमाका दिन नियमित रुपमा गरिदै स्थानीय महाआरती समितिका अध्यक्ष सुर्यलाल यादवले बताउनुभयो । उहाँका अनुसार आज आईतबार मार्ग शुक्ल पुर्णिमाका दिन साँझ महाआरती गरिएको छ । नेपालगन्ज बाँके गाउँस्थित जानकी निरौला (माता जी)को विशेष सहकार्यमा महाआरती गरिएको हो ।
राप्ती नदी एउटा पर्यटकीय क्षेत्रको रुपमा रहेको छ । नदीमा प्रत्येक वर्ष कार्तिक पुर्णमासी र चैतराम नवमीमा स्नान मेला, साउन महिनामा बोलबम कवारिया, दशैमा दुर्गा मुर्तिको प्रतिमा विसर्जन, शुभदिपावली पर्वको अवसरमा महादिपोत्सव, माघे संक्रान्तिमा स्नान, फागुनमा शिवरात्री पर्वमा विशेष पूजापाठ तथा स्नान, समय समयमा सत्यनारायण कथा वाचन, मुण्डन संस्कार, पितृ विसर्जन र शव दाह लगायतका कार्यक्रमहरु हुने गरेको छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
नेपालगञ्ज - बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं. २ माथेबासका वन्यजन्तुबाट प्रभावित समुदायहरुले आफुहरुलाई क्षतिपूर्ति तथा राहत सम्बन्धि व्यवस्था र त्यसको प्रकृया नै थाहा नभएको...
काठमाडौं - नेपाल पत्रकार महासंघकाे आसन्न निर्वाचनका लागि दुई टीमले उम्मेदवारी घोषणा गरेका छन् । नेपाल प्रेस युनियन र प्रेस चाैतारीले निर्मला शर्माकाे नेतृत्वमा र प्रेस सेन्टर र समाजवादी...
काठमाडौं - बालबालिकादेखि वृद्धसम्म सबैका लागि 'सेल्फ डिफेन्स' अर्थात् आत्मरक्षाको सीप आवश्यक रहेको राजधानीमा आयोजित एक कार्यक्रममा जोड दिइएको छ। सेल्फ डिफेन्स फोरम नेपालका अध्यक्ष राधिका ऐअर हमालले कार्यक्रममा...
नेपालगञ्ज - नेपालगञ्ज उपमहानगरपालिकाले जथाभावी फोहोर फाल्नेलाई धमाधम कारबाही गरिरहेको छ । सडक तथा सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई निरुत्साहित गर्ने उद्देश्यले कारबाही थालिएको हो । आज...
बर्दिया - वन्यजन्तु प्रभावितहरुका लागि प्रदान गरिने क्षतिपूर्तिको प्रकृया सरल र छरितो नभएको गुनासो प्रभावित क्षेत्रका स्थानीयहरुले गरेका छन् । समुदायका लागि सञ्चार अभियान नेपाल (सीसीएन)ले बर्दियाको...