नेपालगञ्ज - बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं. २ माथेबासका वन्यजन्तुबाट प्रभावित समुदायहरुले आफुहरुलाई क्षतिपूर्ति तथा राहत सम्बन्धि व्यवस्था र त्यसको प्रकृया नै थाहा नभएको बताएका छन् ।
उनीहरुले वन्यजन्तुले निरन्तर समुदायमा नोक्सानी गरिरहेको तर पिडित परिवारले क्षतिपुर्ति समयमैं पाउन नसक्दा ठूलो समस्या परेको गुनासो सुनाए ।
समुदायका लागि सञ्चार अभियान नेपाल (सीसीएन)ले आइतबार आयोजना गरेको ‘वातावरणीय न्याय र जवाफदेहिताका लागि गोलघर सम्वाद’का सहभागीहरुले यस्तो धारणा राखेका हुन् ।
युएसएड नेपालको आर्थिक सहयोगमा द एसिया फाउण्डेशनले नेपालमा कार्यान्वयन गरेको युएसएड नागरिक समाज र सञ्चार कार्यक्रमको साझेदारीमा संचालित ‘वातावरणीय न्याय र जवाफदेहिताका लागि सिमान्तकृत समुदायको सबलीकरण अभियान’ अन्तर्गत सम्वाद गरिएको सीसीएनले जनाएको छ ।
माथेबासमा विशेषगरी हात्ती, बाघ र बाँदर लगायतका वन्यजन्तुले निरन्तर क्षती गर्दै आएको स्थानिय चित्रबहादुर डांगीले बताउनुभयो । उहाँले भण्डारण गरेको अन्न समेत वन्यजन्तुले खाइदिने गरेको दुखेसो पोख्नुभयो । जनमुखी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष टोपबहादुर खड्काले भन्नुभयो, “वन घना भएपछि वन्यजन्तु भइहाल्दो रहेछ, बाघले मेरो गाउँका छिमेकी केशबहादुर वलीको २ वटा जर्सी खाइदिएको धेरै भयो तर उहाँले अहिलेसम्म क्षतिपूर्ति पाउनुभएको छैन । वन्यजन्तुबाट भएको क्षतिको तत्काल राहत पाउने व्यवस्था मिलाउनुपर्छ । ” ऐलानी जग्गामा बस्ने मानिसहरुले राहत नपाउने कुराले स्थानियलाई समस्या परेको पनि उहाँले बताउनुभयो ।
कार्यक्रममा हात्तीको आक्रमणबाट लामो समयदेखि उपचारत ३४ वर्षिय लक्ष्मी वोहोराले अहिलेसम्म उपचार खर्च नपाएको गुनासो गर्नु भयो । उहाँले उपचारका क्रममा ३ लाख रुपियाँ खर्च भएको र कतैबाट कुनै सहयोग नपाएको बताउनुभयो ।
आफुहरुले क्षतिपुर्ति के पाइन्छ र कसरी पाउने नीतिगत व्यवस्था छ भन्ने बारे थाहा नै नपाएको स्थानिय शिवलाल पाण्डेले बताउनुभयो ।
कार्यक्रममा सीसीएनका कार्यकारी निर्देशक तुला अधिकारीले वन्यजन्तु प्रभावितहरुकालागि राहत र क्षतिपूर्ति सम्बन्धि भएका व्यवस्था र पाउने प्रकृयाबारे सचेतनाका लागि गोलघर सम्बाद सुरु गरिएको बताउनुभयो ।
कार्यक्रमको सहजिकरण बरिष्ठ पत्रकार जनक नेपालले गर्नुभएको थियो । उहाँले वन्यजन्तु प्रभावितहरुको राहत तथा क्षतिपूर्तिका लागि बनेको निर्देशिकाको व्यवस्था, प्रकृया र सुविधा लगायतका बारेमा सहभागि सँग छलफल गर्नु भएको थियो । कार्यक्रममा प्रभावित क्षेत्रका ३५ जना स्थानीयको सहभागिता रहेको थियो ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - धापासी समृद्ध नारी मञ्च र समाज डेन्टल हस्पिटलको संयुक्त आयोजनामा नि:शुल्क दन्त शिविर गरिएको छ । टोखा नगरपालिका वडा नम्बर ६ को कार्यालय परिसरमा...
नेपालगञ्ज - बाँकेको राप्ती नदी सिधनियाघाटमा गंगा महाआरती गरिएको छ । पाँचौ संस्करणमा पुग्दा महाआरतीमा भक्तजनहरुको सहभागिता बढ्दै गएको छ । डुडुवा गाउँपालिका वार्ड नम्बर ४...
काठमाडौं - नेपाल पत्रकार महासंघकाे आसन्न निर्वाचनका लागि दुई टीमले उम्मेदवारी घोषणा गरेका छन् । नेपाल प्रेस युनियन र प्रेस चाैतारीले निर्मला शर्माकाे नेतृत्वमा र प्रेस सेन्टर र समाजवादी...
काठमाडौं - बालबालिकादेखि वृद्धसम्म सबैका लागि 'सेल्फ डिफेन्स' अर्थात् आत्मरक्षाको सीप आवश्यक रहेको राजधानीमा आयोजित एक कार्यक्रममा जोड दिइएको छ। सेल्फ डिफेन्स फोरम नेपालका अध्यक्ष राधिका ऐअर हमालले कार्यक्रममा...
नेपालगञ्ज - नेपालगञ्ज उपमहानगरपालिकाले जथाभावी फोहोर फाल्नेलाई धमाधम कारबाही गरिरहेको छ । सडक तथा सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई निरुत्साहित गर्ने उद्देश्यले कारबाही थालिएको हो । आज...