ताजा

  • शनिबार, ६ पौष, २०८१
  • २३:०२:४८
  • नेपालीको अभिमत

समाचार / विविध

विद्यालय तहदेखि नै 'सेल्फ डिफेन्स' शिप सिकाउनु पर्नेमा जोड

नेपालमत

बिहीबार, २० मङ्सिर, २०८१

काठमाडौं - बालबालिकादेखि वृद्धसम्म सबैका लागि 'सेल्फ डिफेन्स' अर्थात् आत्मरक्षाको सीप आवश्यक रहेको राजधानीमा आयोजित एक कार्यक्रममा जोड दिइएको छ।

सेल्फ डिफेन्स फोरम नेपालका अध्यक्ष राधिका ऐअर हमालले कार्यक्रममा प्रयोगात्मक शैलीबाट कसरी सेल्फ डिफेन्स गर्न सकिन्छ भन्ने नमूना देखाउँदै हरेक मानिसले यस्तो शिप र सजगताबारे सचेत हुनु पर्ने बताउनु भयो । उहाँले विभिन्न ठाउँमा सेल्फ डिफेन्स तालिम चलाउँदै आएको समेत बताउनु भयो । 

सहयात्री फाउण्डेशनले 'लैंगिक हिंसा विरु‌द्ध‌को १६ दिने अभियान'मा ऐक्यवद्धता जनाउँदै आयोजना गरेको कार्यक्रममा नबिल बैंकका शाखा व्यवस्थापक सरोजिनी नेपालले महिलालाई आर्थिक हिसाबले सबल बनाउन बचत गर्ने विभिन्न उपायका बारेमा जानकारी दिनुभयो । पहिला आम्दानीबाट बचत गर्ने अनि खर्च गर्ने बानी बनाउनु पर्ने उहाँको सुझाव थियो । 

कार्यक्रममा सहभागिहरुले विद्यालय तहदेखि नै सेल्फ डिफेन्स शिप सिकाउनु पर्ने धारणा राखेका थिए । 

कार्यक्रममा विभिन्न सञ्चार माध्यममा आवद्ध महिला सञ्चारकर्मीहरुको सहभागिता थियो । 
 

नेपालमत

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

बिहीबार, २० मङ्सिर, २०८१

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved