काठमाडौँ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको अर्थपूर्ण भेटघाटले सत्ता समीकरणमा तरंग ल्याएको छ । देउवा र नेपालबीच बुधबार साँझ काठमाडौं गोल्फुटारस्थित कांग्रेसका नेताको घरमा भेटघाट भएको हो ।
सुदूरपश्चिममा एमालेले दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा अस्वीकार गरेपछि नेता नेपालले देउवासँग भेट गरेको बुझिएको छ । एमालेले अस्वीकार गरेपनि एकीकृत समाजवादीको बुधबार बसेको सचिवालयको बैठकले सोडारीलाई नै मुख्यमन्त्रीको रुपमा अगाडी सार्ने निर्णय गरेको छ ।
भेटमा वैकल्पिक गठबन्धन बनाउने बिषयमा खुलेर छलफल भएको बुझिएको छ । स्रोतका अनुसार वैकल्पिक गठबन्धन बनाएर पहिला प्रदेशका सरकारहरु बनाउने विषयमा छलफल भएको छ । कांग्रेस र एकीकृत समाजवादी मिलेको अवस्थामा बागमती, सुदूरपश्चिम र मधेश प्रदेशमा सरकार बनाउन सकिने विषयमा समेत छलफल भएको बताइएको छ । त्यस्तै एकीकृत समाजवादीले अहिलेको सत्ता समीकरण छोडेमा जसपालाई पनि बाहिर ल्याउन सकिने आकलन गरिएको छ । मधेस प्रदेशको सरकार संकटमा पर्ने वित्तिकै जसपाले केन्द्रको समीकरण छोड्ने विश्लेषण गरिएको छ ।
नेता नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले पटक पटक धोका दिएको भन्दै वैकल्पिक गठबन्धनमा जान आफु तयार भएको देउवालाई विश्वस्त पारेको स्रोतले बताएको छ ।
एकीकृत समाजवादीले मात्र समीकरण छोड्दैमा केन्द्रमा असर नपरे पनि जसपाले समेत छोडेमा भने प्रचण्ड सरकार अल्पमतमा पर्ने देखिन्छ । देउवाले पनि पहिला एकीकृत समाजवादीलाई तयार गरेर जसपासँग कुरा गर्ने रणनीतिमा रहेको बुझिएको छ ।
प्रचण्ड नेतृत्वको सरकारलाई अल्पमतमा पार्न एकीकृत समाजवादीसँगै जसपा समेत बाहिरिनु पर्दछ । प्रतिनिधिसभामा जसपाका १२ र एकीकृत समाजवादीका १० सांसद छन् । पछिल्लो पटक फागुन ३० गते विश्वासको मत पाउदा प्रचण्डले १५७ मत पाएका थिए । त्यस आधारमा २२ मत कम हुदा उनी १३५ मतसहित अल्पमतमा पर्ने छन् ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकारमा रहेका मन्त्रीलाई आ–आफ्ना मन्त्रालयको काम प्रभावकारी बनाउन सातबुँदे निर्देशन जारी गरेका छन् । बुढानिलकण्ठस्थित सभापति देउवा निवासमा आज...
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रवि लामिछानेको पद निलम्बनमा परेको छ । यसअघि दोहोरो नागरिकताका कारण पदमुक्त भएका रास्वपा सभापतिसमेत रहेका लामिछाने यो पटक...
काठमाडौं - उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो विकास लक्ष्यहरु प्राप्तिका लागि तयार पारिएका कार्ययोजना कार्यान्वयनमा नेपालले उल्लेखनीय प्रगति गरेको गरेको बताएका छन् । थाइल्याण्डको राजधानी बैंककमा...
काठमाडौँ - निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै २०८१ मङ्सीर १६ गते...
काठमाडौँ - नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् । विष्टले असोज १२ गते महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएपछि विष्टले राजीनामा...